Logo
८ बैशाख २०८१, शनिबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेगा बैंकले ६ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ : मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले ६ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकको आठौँ वार्षिक सम्पन्न साधारणसभाले रु ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश र १ दशमलव ००२३३ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव पारित गरेको हो । शेयर लाभांश वापत रु १० करोड ३० लाख ९४ हजार ८७५ बराबरको शेयर शेयरधनीलाई उपलब्ध गराइनेछ ।

यस्तै रु ४० लाख ६६ हजार ६४० रकम भने सञ्चित मुनाफामा राखिएको छ । आर्थिक वर्ष २०७४/७५ मा बैंकले रु १ अर्ब ७१ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।

आव २०७३/७४ मा त्यस्तो मुनाफा रु १ अर्ब १३ करोड २ लाख रहेको थियो । बैंकले रु ४५ करोड ४० लाख रकम सरकारी राजश्वमा आयकरको रूपमा भुक्तान गरेको छ ।

चालु अवाको पहिलो त्रैमाससम्म बैंकले रु ३ अर्ब १५ करोडले निक्षेप वृद्धि गरी रु ६६ अर्ब १२ करोड पु¥याएको छ ।

यस्तै रु ६२ अर्ब २५ करोड ऋण लगानी गरेको छ । सो अवधिमा बैंकले रु ४० करोड ४६ लाख खुद मुनाफा गरेको छ । बैंकले हाल १०२ शाखा कार्यालय, १८ एक्सटेन्सन काउण्टर, ८१ एटिएम र ११९ शाखा रहित बैंकिङ शाखाबाट सेवा दिइरहेको छ ।

बैंकले मर्चेट बैंकिङका लागि मेगा क्यापिटल लिमिटेड स्थापनाको प्रक्रिया अगाडि बढाएको बैंकका अध्यक्ष भोजराज शाहले जानकारी दिए । बैंकको हाल चुक्ता पूँजी रु १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५७८ कायम रहेको छ ।

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्