Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीलाई निमोनिया, अस्पताल भर्ना गरिएपनि एन्टिवायोटिक लिन मानेनन्

विर्तामोड : तयार पारिएको चिकित्सा शिक्षा बिद्येयकलाई सुधारको माग गर्दै ६ दिनदेखि इलाममा अनशनरत डा. गोविन्द केसीलाई निमोनिया भएको जिल्ला अस्पताल इलामका चिकित्सकहरुले बताएका छन् ।

सोमबार बिहान उनलाई अस्पताल भर्ना गरेपछि चिकित्सकहरुले उनको स्वास्थ्य गर्दा निमोनिया भएको जिल्ला अस्पताल इलामका चिकित्सक डा. विजेन्द्रकुमार साहले बताए ।

उनको रक्तचाप घटेको र टन्सिल बढेको उनले जानकारी दिए । तर डा. केसीले एन्टिवायोटिक लिन नमानेका कारण स्लाइन मात्र दिएर राखिएको डा. साहले बताए ।

आइतबाररातिदेखि डा. केसीको स्वास्थ्य थप कमजोर भएपछि उनलाई सोमबार विहान इलाम जिल्ला अस्पताल लगिएको हो । उनको मुटुको चाल पनि अस्थिर बनेकाले अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्