Logo
७ बैशाख २०८१, शुक्रबार
(January 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ वर्षअघि शिलान्यास भएको बोगटान सडक कालोपत्रे हुँदै

अत्तरिया : शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक कालोपत्रे हुने भएको छ । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।

कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर ईश्वर बस्नेतले जानकारी दिए ।

उनका अनुसार सहजपुर-बोगटान सडक कालोपत्रे रु २ अर्ब ५ करोडमा ठेक्का भई निर्माण अघि बढेको छ । कालोपत्र ३० महीनाभित्र सम्पन् गरिने जनाइएको छ । कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपी नगरदेखि बडीकेदारसम्म २८ किमी सडक कालोपत्रेका लागि निर्माण कम्पनीका कर्मचारीहरु खटिई सकेको म्यानेजर बस्नेतले बताए ।

सडक कालोपत्रे गर्ने क्रममा कैलाली र डोटीमा गरी झण्डै ६ हजार रुख काट्नुपर्ने अवस्था आएकाले सो प्रक्रिया पनि अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले सडक कालोपत्रे गर्न लागेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर बस्नेतले बताए ।

आर्थिक समृद्धिमा मेरुदण्ड मानिएको सो सडकले कैलालीका तत्कालीन दुई र डोटीका १७ गाविसका बासिन्दालाई जोड्छ । सहजपुरदेखि बडीकेदार गाउँपालिका हुँदै बोगटानको सिमचौर भएर दिपायल जोड्ने उक्त सडक २०४२ सालमा शिलान्यास भएको थियो ।

प्रकाशित मिति: Jan 15, 2019

प्रतिक्रिया दिनुहोस्