Logo
१५ चैत्र २०८०, बिहीबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धितोपत्र बजारमा आज शेयरको मूल्य ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा

काठमाडौँ, ३० पुस : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ विन्दुले बढेर २५० दशमलव ४९ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८ कम्पनीको आठ लाख पाँच हजार ६०१ कित्ता शेयर रु २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोवार भएका कूल नौ उपसमूह मध्ये आज बैंकिङ उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह एक दशमलव ०९ विन्दुले घटेको छ ।

यस्तै होटल १८ दशमलव ८४, विकास बैंक चार दशमलव ५६, जलविद्युत् १७७ दशमलव ०७, वित्त छ दशमलव ९६, निर्जीवन बीमा १९ दशमलव २४, अन्य १९ दशमलव ९१, लघुवित्त १५ दशमलव ०७ र जीवन बीमा तीन दशमलव १८ विन्दुले बढेको छ ।

बढेको बजारमा नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, गुर्खाज फाइनान्स, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले बढी कमाएका छन् ।

यस्तै बैंक अफ काठमाडौँ, अरुण कावेली पावर, अपि पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स कम्पनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी गुमाएका छन् ।

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्