Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख महरालाई भेट्न चिनियाँ राजदूत होऊ यान्छी पुगिन् सिंहदरबार

काठमाडौं : नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत यान्छीले सोमबार बिहान सिंहदरबारमा पुगेर सभामुख महरासँग शिष्टाचार भेट गरेकी छन् ।भेटमा नेपालको संघीय संसद् र चिनियाँ संसदबीचको सम्बन्धका विविध विषयमा छलफल गरिएको थियो ।

त्यसैगरी नवनियुक्त चिनियाँ राजदुत यानछीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि सोमबार नै शिष्टाचार भेट गरेकी छिन् । सभामुख महरासँगको भेट लगत्तै उनले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग पनि शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल गरिएको थियो । नवनियुक्त चिनियाँ राजदूत यान्छी गत शनिबार राजदुतको कार्यभार सम्हाल्न नेपाल आएकी हुन् । काठमाडौं आएलगत्तै उनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेकी थिइन् ।

नवनियुक्त राजुदत यान्छी नेपालको राजनीतिलाई नजिकबाट नियालेकी कूटनीतिज्ञ मानिन्छ । जलविद्युत क्षेत्रको समेत विशेषज्ञता हासिल गरेकी उनले यस अघि नै नेपालको राजनीतिक नेतृत्वसँग सुमधुर सम्बन्ध कायम राखेको बताइएको छ।

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्