Logo
८ बैशाख २०८१, शनिबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनलाइन सिस्टममा आएको गडबडीका कारण अपर तामाकोशीको सेयर कारोबार रद्द

काठमाडौं : नेपाल स्टक एक्सचेन्जले सोमबार भएको अपर तामाकोशी जलविद्युत आयोजनाको सेयर कारोबार रद्द गरेको छ । सोमबार अनलाइन सिस्टममा आएको गडबडीका कारण अपर तामाकोशीको सेयर रेन्जभन्दा बाहिर गएर कारोबार भएकाले कारोबार रद्द गरिएको छ ।

सोमबार तामाकोशीको सेयर ५० प्रतिशतसम्म बढाएर कारोबार भएको थियो । एक दिनमा कुनै पनि कम्पनीको सेयर १० प्रतिशतभन्दा माथि र दश प्रतिशत भन्दा तल कारोबार गर्न पाइँदैन ।

नेप्सेले एक विज्ञप्ति जारी गर्दै १० प्रतिशतभन्दा माथिको मुल्यमा भएको सबै कारोबार रद्द गरिने नेप्सेले जनाएको हो ।

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्