Logo
१५ चैत्र २०८०, बिहीबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरि विवादमा घेरिए नवराज सिलवाल, पिडितहरु प्रमाण सहित सर्वोच्चतिर

काठमाण्डौ : नेपाल प्रहरीका तत्कालीन डिआईजी तथा हाल प्रतिनिधिसभा सदस्य नवराज सिलवाल विरुद्ध एउटा समुहले बिभिन्न आरोपहरु लगाउँदै सत्य तथ्य छानविन तथा कारवाही गर्नै माग गरेको छ । सिलवाले प्रहरीमा छँदा शक्ति र पैसाको आड लिएर अनाहकमा रिसिभि साध्ने हेतुले षडयन्त्र गर्दै निरन्तर गरेको अन्याय गरेको भन्दै उक्त समुहले कारवाही माग गरेको हो ।

चितवन स्थित भण्डारा-२ का गुनबहादुर थापा (शम्भु) संयोजक रहेको ‘नवराज सिलवाल पीडित संघर्ष समिति’ नामक उक्त समुहले प्रेस विज्ञप्ती मार्फत सिलवालका कारण आफूहरुको स्वतन्त्र बाच्न पाउने संवैधानिक अधिकार खोसिएको र पछिल्लो ८ वर्षदेखि दर्दनाक पीडा भोग्दै आएको उक्त समुहको आरोप छ । ‘अत्याचारले सिमा नाघेपछि कि त सामुहिक आत्महत्या कि त अन्याय विरुद्ध प्रतिकार बाहेक विकलप रहेन’ उक्त विज्ञप्तीमा भनिएको छ ‘सिलवाल विरुद्ध बोलेकै कारण कुन हदसम्मको क्षति सहन बाध्य भयौ । पछिल्लो घटनाको सबै तथ्य र त्यसका प्रमाण एक एक खुलासा गरी कानुनको साहरा लिँदै न्यायका लागी सडकमा उत्रिएर फेरी संघर्ष गर्न बाध्य भएका छौँ ।’

हेर्नुस् प्रेस विज्ञप्ती जस्ताको त्यस्तै :


मिति : २०७५।०९।२७
संघर्ष समितिद्वारा जारी गरिएको ८ औँ प्रेश विज्ञप्ति ।

आदरणीय न्यायप्रेमी मान्यजनहरु,

तत्कालीन नेपाल प्रहरीका डि.आई.जी, हाल नेकपाका प्रतिनिधिसभा सदस्य नवराज सिलवाल समेतले निरन्तर अन्याय गरेपछि न्यायका लागी अपलि गर्दछौं । अत्याचारका विरुद्धमा न्याय र सामाजिक रक्षाका लागी यो मुद्दा उठाएका हौँ । सिलवालले प्रहरीमा छँदा शक्ति र पैसाको आड लिएर अनाहकमा रिसिभि साध्ने हेतुले षडयन्त्र गर्दै निरन्तर गरेको अन्याय सार्वजनिक गर्दै छु, सत्य तथ्य छानविन गर भन्ने हाम्रो माग हो ।स्वतन्त्र बाच्न पाउने संवैधानिक अधिकार माथि बारम्बार किन प्रहार गर्छन् । हामी ८ वर्ष देखि दर्दनाक पीडा भोग्दै आएका छौँ । शान्ति सुरक्षामा गम्भिर चुनौती भएको छ, मिडियाले यस विषयमा धेरै समाचार लेखेका छन् । सत्य के हो ? छुट्याउने जिम्मेवारी तपाइहरुको पनि हो ।

नागरिकलाई शोषण गर्ने यी जस्ता भ्रष्टचारीहरु स्वार्थपुर्ति गर्नको लागी कुन हदसम्म गिर्छन्, राज्य कतिसम्म गैर जिम्मेवार छ । भन्ने बारेमा यो घटनाले पनि प्रष्ट हुन्छ । अत्याचारले सिमा नाघेपछि कि त सामुहिक आत्महत्या कि त अन्याय विरुद्ध प्रतिकार बाहेक विकलप रहेन । पछिल्लो घटनाको सबै तथ्य प्रमाण एक एक खुलासा गरी कानुनको साहरा लिँदै न्यायका लागी सडकमा उत्रिएर फेरी संघर्ष गर्न बाध्य भएका छौँ । सम्पत्तिमा लुब्ध सिलवालले मिटर व्याज असुलेर शोषण मात्रै गरेनन्, अस्तित्व र सम्पत्ती माथि समेत गिद्दे नजर राख्न थाले । कारोबारको शिलशिलामा नवराज सिलवाल जस्ता व्यक्तिसँग जोडिन पुग्नु मेरा जीवनका लागी मात्र नभई परिवारको भविष्यलाइ समेत घातकसिद्ध भयो ।

लगानी गर्ने सिलवाल र ऋण लिन चाहाने व्यक्तिका बिच सामान्य भुमिका खेलेको उपजमा कति ठुलो क्षति भोग्न बाध्य भयौँ । सिलवालले सुरु गरेको दुष्मनी म प्रति लक्षित हुँदै ददर्नाक रुप लियो । यिनका विरुद्ध प्रमाण सहित किटानी जाहेरी दिँदा पनि सुनुवाइ नभएपछि विज्ञप्ती मार्फत घटनाको तथ्य सार्वजनिक गर्दै आएका छौँ । हामीले उठाएका मुद्दा सत्य ठहरियो भने नागरिकको रक्षा गर्ने दायित्व राज्यको हो कि होईन ।

न्यायलयलाई प्रभावमा पारेर हाम्रो भविष्य समाप्त पार्न सिलवाल र यी व्यक्ति कसरी लागी परे, आर्थिक, सामाजिक र मानसिक पाटोमा काहाँसम्म आँच पु¥याए, यिनका विरुद्ध बोलेकै कारण प्रहरीमा छँदा कहिले गाँज व्यपारी, कहिले अपहरणकारी, बैकिङ्ग कसुर त कहिले चेलिबेटी बेचबिखन जस्ता अपराधमा जोडेर आरोप लगाउने कोशिस मात्र गरेनन्, पटक–पटक हिरासतमा लिएर यतना दिने, आर्थिक कारोवारमा दख्खल पु¥याउने, डर, त्रास र धम्कि दिएर अस्थिरता पैदा गराउने, सञ्चार माध्यममा निराधार समाचार प्रशारण गर्न लगाउने काम विगतमा यिनैले गर्दै आएका थिए ।

कपोकल्पित किर्ते मुद्दा बनाएर अदालतमा दर्ता गरि पुर्पक्षमा सम्म पु¥याउने पनि यिनै हुन् । परिवार समेतलाइ विना कारण पक्राउ पुर्जी जारी गर्न आदेश दिने पनि यिनै हुन् । मानव बेचबिखनमा अनुसन्धान भन्दै उच्च अदालतमा पत्रचार गर्न लगाउने पनि यिनै हुन् । पुर्पक्ष आदेश गरेपछि सर्वाेच्च अपिल गरे, शुशिला कार्की प्रधानन्यायधिश हुनु भयो । असल नारी सर्वाेच्च पदमा पुगेका दिन म अत्यन्त हर्षित भए । जेलमा चरम यतना खेपिरहेको बेला मलाइ जस्तो अन्याय अब अरु कसैलाइ हुदैँन, मैले पनि न्याय पाउँछु भन्ने विश्वास लिएको थिए ।

ठिक त्यसै बेला यो देशमा जुनसुकै प्रपञ्च रचेर आइजीपी बन्ने पुरानै परिपाटीको होड बाजी चल्यो । शुशिला कार्की कानुन विपरित आइजीपी बनाउन लागेपछि न्यायलयमा राजनीतिक रङंको खेल सुरु भयो । तत्कालीन विपक्षी दल शुशिला कार्की र सिलवाल बचाउ अभियानमा सक्रिय भए । किर्ते गर्नेलाइ आइजीपी बनाउन खोजेको भन्दै तत्कालीन सरकारले कानुनी प्रक्रिया अगाडि बढायो । तर किन सोलायो यो प्रकरण, यसको चिराफार पनि गर्दैछौँ । तत्कालीन प्रधानन्यायधिश शुशीला कार्की, केपी शर्मा ओली, शेरबहादुर देउवा, तत्कालीन सरकार र नवराज सिलवाल मध्ये एक पक्ष अवश्य दोषी छ ।

तथ्यको प्रमाण अदालतमा सुरक्षित छ, र हामीसगँ पनि ।, गलत गर्ने जो कोहिको विरुद्ध सर्वाेच्च अदालतमा क्षतिपुर्तीको माग दाबी गरि पुन.यो मुद्दा उठाउदै छौ । आफ्नो स्वार्थ सिद्ध गर्न खेलेको राजनीतिक रङको फोहोरी खेलमा मलाइ पात्र बनाएर १५ महिना पुर्पक्षमा राख्ने योजनाकार मध्य एक पात्र शुशिला कार्की पनि हुन् । यिनिहरुको विरुद्ध सर्वाेच्चमा मुद्दा दर्तापछि सबै प्रमाण सार्वजनिक गर्नेछौँ । हामीले उठाएको आम मुद्दा सत्य हो, वा गलत, यिनले अन्याय गरेको हो कि होइन, यसको फैसला अदालतमा हुनेछ, सिलवालले जनता सामु शफेद झुट् बोलेर हाम्रो विरद्ध फेरि जाइलागेपछि त्यसको प्रतिकार गर्दै दोस्रो अध्यायको उद्घोष गरेर यो सत्यको लडाँइमा होमिएका हौँ,

मेरो विरुद्धको झुट्टा मानव बेचबिखन मुद्दा उपर प्रहरी प्रधान कार्यालयको छानविन पछि तत्कालीन डिएस. पी विनोद शर्मा, संलग्न प्रहरी र कथित जाहेरी कर्ता माथिको अनुसन्धानबाट झुट्टा साबित भयो, सिलवाल तानिने निश्चित भयो । यहि गल्ती उनका लागि फलामको चिउरा मात्र सावित भएन आइजीपी बन्ने ढोका समेत त्यहिँबाट बन्द भयो । त्यसपछि अत्तालिएका सिलवाल आफ्नो कुकर्म छिपाउन जुन राजनीतिक रङ्गको खोल ओडेका थिए, त्यहीँ राजनीतिक संरक्षणमा ललितपूर १ को उमेरदवार बनेपछि अदालतबाट न्यायको अनुभुत भएपनि सामाजिक रुपबाट न्याय नपाएकोले म सिलवाल विरुद्ध चुनाव लडेको हुँ ।

जो देख्दा साह्रै सुन्दर तर भित्र जाली, छल कपटले भरिएका जनताको हित भन्दा पनि गैरकानुनी गरी आर्जन गरेको पैसा खर्चेर उम्मेरदवारको टिकट पाउने जस्ता प्रवृतिको विरुद्ध पनि उम्मेदवारी दिएको थिए । यसको जवालन्त उदाहरण हुन्, नवराज सिलवाल । लाखौँ योग्य नेता कार्यकर्ता भएको एमाले जस्तो पार्टीमा कुनै योगदान नभएका व्यक्ति आप्mनो कर्कुत छिपाउन रातारात उम्मेदवार बनेको घाम जस्तै छर्लङ्ग छ । ओलीले त सिलवाललाई गृहमन्त्रिको ट्याग नै लगाइ दिएका थिए । सम्माननीय प्रधानमन्त्री ज्युँ, म प्रश्न गर्न चाहान्छु, सिलवाललाई न्याय गर्ने हो भने गृहमन्त्री दिनुस् । कि त उनी माथि लागेका आरोप छानबिन गरी कारवाही, गृहमन्त्री पद दिनै पर्ने के बाध्यता थियो, । आम जनताले यसको जवाफ मागेका छन्, । अरु पनि थिए होला नि योग्य नेता ।

विगतमा गरेका सबै कुकर्म जनता माझ छताछुल्ल हुने त्रासले अत्तालिएका सिलवाल ठिक थिए भने सबैका माझ गएर सामना गर्नुको सट्टा म विरुद्ध खनिए । चुनावी सभा गर्न नदिने,समर्थकहरुलाई हिरासतमा लिन लगाएर गाडि र पम्पप्लेट जफत गर्ने, बाटो बाटोमा समुह खडा गरेर आक्रमण गर्न खोज्ने काम मात्रै गरेनन् । शान्ति सुरक्षामा समेत गम्भिर आघात पुगेपछि निर्वाचन आयोगमा सबै प्रमाण सामेल गराइ उजुरी दिएर घटनाको सत्य पत्रकार सम्मेलनबाट सार्वजनिक गरि मैदानबाट पछि हट्न बाध्य भएको हँु ।

अब उप्रान्त हामी माथि अन्याय भयो र क्षति पु¥याउने चेष्टा ग¥यौ, भने प्रतिकार गर्न बाध्य हुनेछौँ । स्वतन्त्र बाचेर खान देउ, भन्दा भन्दै पहिलेकै जस्तो गतिविधि गर्न थाले ।परिवारको साथमा बसेर दैनिक कार्य गर्न नदिने, सामाजिक कार्यमा सामेल हुँदा, कहीँ–कतै गएर बास बस्दा, एक्लै–दुक्लै हिँड–डुँल गर्र्दा, फरक–फरक प्रकृतिका समुहले पिछा गर्ने, गाँजा सहित पोको पारेर फेरी जेल हाल्नु पर्छ, भन्ने कार्य मात्र गरेका छैनन्, मानव बेचबिखनको कृतिम निवेदनमा प्रमाण नभेटेपछि राज्यले फिर्ता लिएको मुद्दालाइ प्रभावमा पार्ने काम यिनैबाट भएको छ । को हुन (डि कुमारी) कल्पना लिम्बु, तथ्य सार्वजनिक गर्न माग गर्दछौँ ।

माफियालाइ प्रयोग गरि आफै अदृश्य लगानी गरेर लगानीको बाहानामा विभिन्न व्यक्ति सामेल हुन पठाउने, तीनैबाट सुचना लिएर आर्थिक कारेवारमा दख्खल पु¥यउने, अनाधार विषय फैलाउने, जमिन मुनि धसाएर समाप्त पारि दिन्छौँ, सिलवाल जस्तो सोचेको होला बचेर हिँड भन्दै धम्क्याएर मानसिक यतना दिने कार्य बारम्बार गरेपछि शान्ति सुरक्षामा समेत दख्खल पुगेको छ ।

नागरिकलाइ फन्दामा पारी आफ्नो स्वार्थ पुर्ती गर्ने सामन्ती युगका पात्र यिनले सत्यको बोध त के गर्लान यिनका थिचोमिचोमा परेर कतिको उठीबास भएको छ, अभैm कतिको हुने हो, कतिलाइ जेलमा षडाएका छन् । अत्याचारको बलमा लुटेर जम्मा गरेको धनको श्रापले तिनको अन्तर हृदयमा कतै न कतै त चसक्क छुँदो होला, त्यहि धन वैध नभएर अवैध बोध भएका दिन बल्ल सत्यको उद्घोष हुनेछ ।,अपराधी पुर्खा पाएकोमा लाजले शिर निहुराउने छन् यिनका पुस्ताले,कसैलाई अन्यायमा पारेर आर्जेको सम्पत्ती होइन, मेहनतले कमाएको हुँ । सत्यका लागी लडेको मेरो जीवनलाई देख्दा गर्वले शीर ठाडो पारिरहनेछन् मेरा पुस्ताले, अन्यायको विरुद्ध सिंहको जस्तो गर्जिन सक्ने सामर्थ राखेर हुर्किएका छन् । यिनल गरेको अन्यायबाट न्याय पएनौँ भने, निकम्मा सरकार विरुद्ध सर्वाेच्च अदालत मात्र होइन अन्तर्राष्ट्रिय अदालतसम्म जानेछौँ ।

सिलवालका कारण कारोवारमा उत्पन्न परिस्थिति र विषय प्रष्ट गर्न चाहान्छु, कारोवारमा एकसगँ अर्काे जोडिनु स्वभाविक हो, म सगँ पनि धेरै सहयात्री परिवार जोडिनु भएको छ, कारोवार गर्नु अपराध होइन बेइमानी गर्नु अपराध हो । कसै प्रति अहित हुने काम पनि गरेको छैन, उप्रान्त गर्न पनि नपरोस् । सबैको सहयोग र विश्वासका कारण यहाँसम्म आइपुग्दा त्यति धेरै कारोवार मिलान गरि बाँकी कारोवार मिलाउन खोज्दा खोज्दै यिनका कारण कुन अवस्थामा गुज्रन बाध्य भयौँ, पीडा खेप्ने पीडीत तपाइहरु पनि हो ।

सिलवाललाइ चुनौती दिन चाहान्छु, हाम्रो कारोवारमा अस्थिरता छैन, यस विषयलाइ लिएर अपबाह फैलाउने, जथाभावी बोल्ने कार्य तुरुन्तै बन्द होस्, । शम्भु थापा सडकमा आइसक्यो, पैसा तिर्दैन प्रमाण छ भने पैसा उठाइदिन्छौँ उजुरी दिनुस, मुद्दा हालेर फेरी भित्र हाल्नु पर्छ, भन्ने तानामाना बुन्दै हिड्ने काम बन्द होस्, कारोवारमा जोडिएका केहि पक्षलाइ भड्काउदै हिडेकोले कथित भ्रम र यिनका छाँयामा नपर्न आग्रह गर्दछु । मैले कसै माथि गलत गर्ने नियतले कुनै कार्य गरेको कसैलाइ लाग्छ भने न्यायका लागि मैले जस्तै कानुनी र सामाजिक बाटो रोज्न सबैलाइ छुट छ ।

यिनले फन्दामा पारेर करोडौँको सम्पत्ती जपत गरि यहाँसम्म पु¥याउदाँ पनि बाँकी सम्पत्ती विक्रि गर्दा कारोवारमा सम्बन्धित सबै पक्षको हिसाव मिलान गरेर पनि मेरो बालबच्चाले हात मुख जोडेर बाच्न सक्ने अवस्था छ । कारोबारमा जोडिनु भएका सबै परिवार एकजुट भई जतिसक्दो छिटो लेनदेन पारदर्शी गरी यिनका कारणले गर्दा हामीबाट असहज भएका कारोवार माघसम्म क्रमस.ं मिलाउने छु, बाकीँ कारोवार चैत्र सम्म चुक्ता गरि जे जति सम्पति रहन्छ परिवारका सदस्य समेतलाइ बाँडी दिएर स्वतन्त्र जीवन जीउँनका लागि कारोवारबाट अलग रहने छु । यो अधिकार कानुन र सविंधानले व्यवस्था गरेको छ ।
सिलवाल र उनीसँग संलग्न व्यक्तिहरु विरुद्ध अब उठाउने मुद्दाहरु

१. चेलिबेटी बेचबिखन आरोप विरुद्ध,
२. बैकिंङ कसुरको किर्ते मुद्दा विरुद्ध,
३. सिलवाल पत्नीले किर्ते गरेको भनि भएको पैmसला कानुन अनुरुप कार्यन्वयन गराउने,
४. २५ औँ आइजीपी प्रकरणमा सर्वाेच्चको बृहत इजलासले आदेश नागरिकको हैसियतले सार्वजनिक सरोकार अन्तरगत दर्ता गरोउने ।

प्रेस विज्ञप्ती मार्पmत हामीले यिनका विरुद्धमा सार्वजनिक गरेका कुनैपनि विषय गलत ठहर भएमा सजायको भागेदार हुनेछौँ । सत्यको फैसला पनि त्यहीँ न्यायलय र समाजले गर्नेछ, जुन समाजको हामी पनि एक हिस्सा हौँ । धन्यवाद,

प्रस्तुतकर्ता
गुनबहादुर थापा (शम्भु) संयोजक : पीडित संघर्ष समिति
भण्डारा – २, चितवन्
क्षत्रि समाज नेपालका सिन्धुपाल्चोक अध्यक्ष तथा केन्द्रिय सदस्य
फोन नम्बर ९८४५६१९३३५/०११–६२०३८९
ईमेल : [email protected]

नोट : शुशिला कार्कीलेले पुस्तकमा आफ्नो धारण लेख्नु भयो । सिलवाल पनि लेख्दैछन् रे, म पनि यस भित्रको सत्य लेख्दै छु ।

मिटर ब्याजको कारोबारमा यसरी फसाइयो एक निर्दोष

त्यसो यसअघि पनि उनकोबारे थरी थरीका समाचारहरु आएकै हुन् । यसअघि नेपाल प्रहरीको आइजीपी बन्ने तयारी गरिरहँदा सिलवालले आफूलाई १ नम्बरको डिआइजीको रुपमा प्रचार गराउँदै आएका थिए । उनले प्रहरीमा हुँदा पावरको दुरुपयोग गरी चलाएको अवैध धन्दाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरेको थियो ।

सिलवालले अवैध रुपमा मिटर व्याजको कारोबार गर्ने क्रममा चितवन भण्डाराका घर जग्गा व्यवसायी गुनबहादुर थापा (शम्भु) लाई बैंकिङ कसुरको झुटो मुद्दा लगाई भिमफेदी कारागारमा चलान गराएका थिए । गुनबहादुरको परिवारले सिलवालले अवैध कारोबारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि अवैध कारोबारमाथि छानविन सुरु भएको थियो ।

गुनबहादुरका छोरा सागरले २२ भदौ २०७३ मा सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । सागरको उजुरीअनुसार छानविन अगाडि बढाउँदै अख्तियारले कार्तिक १ गते त्यस विषयमा प्रहरी प्रधान कार्यालय नक्साललाई चलानी नम्वर ५५२ पत्र पठाएर प्रतिक्रिया माग गरेको थियो ।

अख्तियारको पत्र प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले पनि सिलवालबारे छानविन गरेको थियो । प्रहरी प्रधान कार्यालयको छानविनअनुसार सिलवाल र थापाबीचको आर्थिक कारोबारका क्रममा विवाद बढेपछि थापालाई मानसिक यातनादेखि आर्थिक शोषणसम्म गरेको भेटिएको प्रहरी प्रधान कार्यालयको निष्कर्ष थियो ।

आर्थिक कारोबारमा विवाद बढेपछि सिलवालले थापालाई जेल पठाउन मानव बेचबिखनको झुटा मुद्दासमेत लगाएको प्रहरीको आन्तरिक अनुसन्धानमा संलग्न अधिकारीहरुको निष्कर्ष थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत तत्कालिन प्रहरी नायव उपरीक्षक (डिएसपी) विनोद शर्मालाई परिचालन गरेर सिलवालले थापाविरुद्ध झुटा विवरण संकलन गरी मानव बेचबिखनको मुद्दा दर्ता गराएका थिए ।

यसरी फसाए सिलवालले गुनबहादुरलाई
गुनबहादुर थापा परिवारका अनुसार नवराज सिलवाल र गुनबहादुरबीच २०६६ मंसिरमा काभ्रे कानपुरका विरेन्द्रलाल श्रेष्ठमार्फत परिचय भएको थियो । त्यतिबेला नवराज सिलवाल प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा प्रहरीको जनकपुर अञ्चल प्रमुख थिए । परिचय भएको केही दिनमै २६ मंसिर २०६६ मा गुनबहादुरले नवराज सिलवालबाट ६ महिनाका लागि १ करोड ऋण लिएका थिए । जसको प्रतिमहिना ९ लाख रुपैयाँ ब्याजमात्रै तिर्नुपर्ने सिलवालको शर्त थियो ।

त्यसपछि १४ माघ २०६६ मा सिलवालले एक्जिम बहुउद्देश्यिय सहकारीका सञ्चालक कोमलकुमार श्रेष्ठलाई एक हप्ताका लागि २ करोड ऋण दिएका थिए । जसको एक हप्ताको ब्याजमात्रै २० लाख रुपैयाँ दिनुपर्ने सिलवालको शर्त थियो । सिलवालको नजिकको मान्छे तथा गुनबहादुरका सामान्य चिनजानका व्यक्ति कोमलकुमार श्रेष्ठलाई २ करोड ऋण दिँदा सिलवालले गुनबहादुरलाई जबरजस्ती जमानी बस्न लगाए ।

सिलवालले आफ्नै मान्छेलाई दिएको ऋणमा गुनबहादुरलाई जमानीमा बस्न लगाइ उनको काभ्रेपलान्चोक जिल्ला, पाँचखाल गाविस वडा नं. २ सिट नं. १३२९, कि.न. १२६, क्षे.फ. १–४–२–१/२, कि.नं. ४१७, क्षे.फ. २–४–३–१, कि.नं. ७१३, क्षे.फ. १–६–२–१र४ र कि.नं. १२५ क्षे.फ. १–१–२–० को सात रोपनी जग्गा आफ्नी जेठी सासू सुलोचना ढकालका नाममा धितो बन्धकी राखे ।

ऋण लिएका व्यक्ति कोमलकुमार तोकिएको १ हप्तामा सक्पर्कमा नआएको भन्दै सिलवालले २१ माघ २०६६ मा गुनबहादुरबाट २० लाख रुपैयाँ लिए । जो कोमलकुमारलाई दिइएको २ करोड ऋणको १ हप्ताको ब्याज थियो । सिलवालले ब्याजस्वरुप २० लाख लिएको केही दिनपछि कोमलकुमार श्रेष्ठ सम्पर्कमा आए । र, त्यसपछि २ करोड रुपैयाँको प्रतिहप्ताको ब्याज २० लाखबाट घटाएर १२ हजारका दरले २ करोड ऋणको अवधि ६ महिनाका लागि बनाइयो । कोमलकुमार पुनः बेपत्ता भएर ऋण बुझाउनुपर्ने ६ महिनासम्ममा पनि सम्पर्कमा नआएपछि सिलवालले गुनबहादुरलाई आफ्नो पैसा दिन भन्दै धम्क्याउन थाले ।

‘जमानी बस्ने तँ होस्, तँलै पैसा नदिए जे पनि गरिदिने’ भन्दै सिलवालले लागातार धम्की दिन थालेपछि गुनबहादुरले आफ्नो केही जग्गा बेचेर ७ असार २०६७ मा कोमलकुमारले लिएको ऋणस्वरुप थप २ करोड ११ लाख रुपैयाँ दिए । उक्त अवधिमा गुनबहादुरले २६ मंसिर २०६६ मा सिलवालबाट लिएको १ करोड ऋणको पनि साँवा र ब्याज बुझाई सकेका थिए ।

६ महिनाको अवधिमा गुनबहादुरले ३ करोड ऋणका लागि सिलवाललाई साँवा र ब्याज गरी ४ करोड ८४ लाख रुपैयाँ बुझाए । र, त्यसपछि दृष्टि बन्धकी राखिएको आफ्नो जग्गा फुकुवा गरिदिन सिलवालसँग लगातार माग गरे । तर, सिलवालले कोमलबहादुरलाई दिएको २ करोड रुपैयाँको ‘ब्याजमात्रै असुल भएको साँवा आउन बाँकी रहेको’ भन्दै गुनबहादुरको जग्गा फुकुवा गर्न मानेनन् ।

आफ्नो जग्गा फुकुवा हुने आशले गुनबहादुरले मकवानपुरको ज्यामिरे हाइवेमा पर्ने डेढ बिघा जग्गा सिलवालको नाममा पास गरिदिएका थिए । यस्तै मकवानपुरको ज्यामिरे गाविस–७ (क) स्थित कित्ता नम्बर ८७ को जग्गा पनि सिलवालले गुनबहादुरको नामबाट आफ्नो नाममा गराइसकेका छन् । तर, सिलवालले उनको जग्गा फुकुवा गर्नुको साटो उल्टै झुटा मुद्दा लगाएर जेल चलान गराएका छन् ।

उजुरी गर्ने भयले झुटा मुद्दा लगाएर जेल चलान
त्यसअवधिमा गुनबहादुरले आफूविरुद्ध केही ठाउँमा उजुरी दिनसक्ने भन्दै सिलवालले उनलाई फसाउन योजना बनाए । सिलवालले थापालाई जेल पठाउन मानव बेचबिखनको झुटा मुद्दा लगाएर जेल पठाए । उक्त मुद्दाबारे अहिलेसम्म कुनै फैसला भएको छैन । यस्तै बैंकिङ कसुर सम्बन्धी अर्को झुटा मुद्दा समेत दर्ता गरी सिलवालले गुनबहादुरलाई बिनाकसुर जेल पठाएका थिए ।

हेर्नुस् उक्त प्रेस विज्ञप्ती जस्ताको तस्विर :

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्