Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कुटेको देख्नु भएको छ?’प्रतिपश्न गर्दै मुख्यमन्त्री राउतले भने ‘विवाद मिलिसक्यो अहिले यत्ति लेखिदिनुस्’

काठमाडौँ : प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारका मन्त्री र सचिवबिचको झापड प्रकरणमा कुरा मिलिसकेको बताएका छन् । घटनाको छानबिन गर्न प्रदेश सरकारले मन्त्रीको संयोजकत्वमा समिति गठन गरेका बेला मुख्यमन्त्री राउतले दुवैजनाबिचको असमझदारी मिलिसकेको बताए ।

तर मुख्यमन्त्री राउतले भने कुरा मिलिसकेको बताए । ‘मैले दुवैजनालाई बोलाएर कुरा गरेँ, केही असमझदारी भएको रहेछ, अहिले कुरा मिलिसक्यो, सबै ठीकठाक छ’, उनले भने ।

त्यसो भए छानबिन समितिले अब काम गर्दैन त भन्ने प्रश्नमा राउतले भने, ‘छानबिन समितिले आफ्नो काम गर्ला तर दुवैजनाको विवाद भने मिलिसकेको छ, अहिले यत्ति लेखिदिनुस् ।’

राउतले प्रदेश मन्त्रीले सचिव कुटेको घटनालाई सामान्यीकरणको प्रयास गरेका छन् । सचिव कुट्ने मन्त्रीलाई के कारबाही गर्नुहुन्छ भन्ने प्रश्नमा मुख्यमन्त्री राउतले ‘कुटेको तपाईंले देख्नु भएको छ’ भन्दै प्रतिप्रश्न गरे ।

‘घटना सामसुम भैसक्यो’, राउतले भने, ‘तपाईंहरू तिललाई पहाड नबनाउनुहोस् ।’ उनले घटना सामान्य विवादमात्र भएको बताए । ‘सचिवले नै केही भएको छैन भनिसक्नुभयो’, राउतले भने, ‘उहाँले केही भएको छैन भन्नुभयो ।’

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झामाथि आइतबार दिउँसो हातपात भएको साचार बाहिरिएका थिए । आफ्नो कार्यकक्षमै बोलाएर मन्त्री यादवले हातपात गरेको सचिव झाको आरोप छ ।

मेडपा नामक योजना आफूले भनेको एनजिओलाई नपारेको भन्दै मन्त्रीले कुटपिट गरेको सचिव झाले दाबी गरेकाछन् । उनले आफूलाई कुट्ने मन्त्रीलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

घटना बाहिरिए संगै आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको विषयमा छानबिन समिति बनाएको छ । आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् ।

आफूले भनेका एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले मन्त्रालयका सचिवलाई झापड हानेका समाचार बाहिरिएका थिए । उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कार्यकक्षमै बोलाएर कुटपिट गरेको सचिव झाको भनाई छ ।

तर मन्त्री निवासमै सचिव झाले आफू लोकल भएको भन्दै निकै अमार्यदित भाषामा चर्को चर्को छाडा गाली बक्दै गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले निकै रुवाफका साथ मन्त्री यादवलाई अमार्यदित भाषामा गाली गलोज गरिरहेको सुन्न सकिन्छ ।

तर मन्त्री यादवले आफूले सचिवलाई नकुटेको दाबी गरेका छन् । कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको उनको भनाई छ । प्रदेशका सभामुख र अर्का एकजना मन्त्रीको अगाडि ’म लोकल हुँ’ भन्दै सचिव झाले आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्न थालेपछि केही विवाद भएको तर आफूले झापड नहानेको मन्त्री यादवको दाबी छ ।

 

यो पनि पढ्नुस् :

‘म लोकल हु’ भन्दै मन्त्रीमाथी संगिन आरोपबीच सचिव विद्यानाथ झाले छाडा-छाडा गाली बकेपछि (हेर्नुस् भिडियो)

मन्त्री यादवले सचिव झालाई कुटेको घटनालाई छानविन गर्न अर्को मन्त्री यादवको संयोजकत्वमा टोली गठन

आफुले भनेको NGO लाई कार्यक्रम नपारेपछि सभामुखकै अगाडी यसरी मन्त्रीबाटै कुटिए सचिव (भिडियो सहित)

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्