Logo
१५ चैत्र २०८०, बिहीबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘म लोकल हु’ भन्दै मन्त्रीमाथी संगिन आरोपबीच सचिव विद्यानाथ झाले छाडा-छाडा गाली बकेपछि (हेर्नुस् भिडियो)

जनकपुर : आइतबार साँझ प्रदेश नम्बर २ बाट निकै नै आश्चर्यजनक खबर आयो । खबर थियो मन्त्रीद्वारा मन्त्रालयका सचिव कुटिए । तर अव भने उक्त समाचारमा अर्को ट्विष्ट आएको छ । आफू लोकल हुँ भन्दै मन्त्रीले होइनकी बरु उल्टै सचिवले नै उक्त घटनाको अन्जाम दिएको खुलेको छ । सचिव झाले निकै छाडा स्तरबाट दिएका गालीहरु समाजिक संजालमा भइरहल भइरहेको छ । त्यसो त सचिव झाको बोल्नै शैली र प्रस्तूतीले सचिवको स्तरमाथी नै प्रशन उठाएको छ ।

प्रदेश २ का अर्थमन्त्री विजय यादवमाथि बन मन्त्रालयका सचिव विद्यानाथ झाले आक्रमण गर्ने प्रयास गरेका हुन् । विगतदेखि नै विभिन्न ठाँउमा यस्तै विवादित हुैदैं आएका सचिव झाले मन्त्री यादवलाई मन्त्रालय भेट्न जाँदा शिष्टाचार विपरित व्यवहार प्रर्दशन गरेपछि मन्त्री यादवले आपत्ती जनाउँदा सचिव झाले मन्त्री माथि जाई लाग्ने प्रयास गरेको मन्त्री विजय यादवले बताए ।

मन्त्रीको कार्यकक्षमा सोही प्रदेशका सभामुख सरोज यादव तथा प्रदेश सांसद उपेन्द्र महतो समेत उपस्थिती रहेको अवस्थामा सचिव झाले शिष्टाचार विपरित व्यहार प्रर्दशन गरेको बुझिएको छ । संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए ।

यता सचिव झाले मन्त्री यादवमाथि कार्यकक्षमा हातपात गरेको आरोप लगाएका छन् । विवाद पछि सचिव झालाई प्रहरीले थुनामा राखेका छन् । मन्त्री यादवले आफूले नकुटेको दाबी गरेका छन् । उनले सचिव झा प्रदेशका सभामुख र अर्का एक जना मन्त्रीको अगाडी ‘म लोकल हुँ’ भन्दै आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्दै कोठाबाट निस्किएको बताए।

तर, मन्त्री कार्यकक्ष बाहिर सचिव झाले देखाएको व्यवहार भन्ने फरक देखिएको थियो । टुडेखबर सँग प्राप्त भिडियो प्रमाणमा सचिव झाले मन्त्री माथि आमा चकारी गाली गलौज गर्दै होहल्ला गरी रहेका थिए । मन्त्री यादवलाई आफुँ जनकपरको स्थानीय भएको छ मन्त्री यादवलाई देखाई दिने चेतावनी दिई रहेको भिडियोमा प्रष्ट सुनिन्छ ।

प्राप्त जानकारी अनुसार सचिव झा यस अघि महोत्तरी जिल्लाको जिल्ला बन अधिकृत हुँदा स्थानीयले कालोमोसो समेत दलेका थिए । यस अघि कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए ।

केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो ।

हेर्नुस् भिडियो जस्ताको त्यस्तै : 

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्