Logo
१३ बैशाख २०८१, बिहीबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री यादवले सचिव झालाई कुटेको घटनालाई छानविन गर्न अर्को मन्त्री यादवको संयोजकत्वमा टोली गठन

जनकपुरधाम : प्रदेश २ स्थत आईतवार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पर्यटन, वन तथा वातावारण मन्त्रालयका सचिव विद्यानाथ झामाथि कुटपीट गरेको घटना छानविन गर्न ३ सदस्य टोली गठन भएको छ ।

घटनाको सत्यतथ्य छानविन गर्न प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्य टोली गठन भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

छानविन समितिमा प्रदेश २ का मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाल रहेका छन् । आईतवार साँझ घटना विषयमा दुवै पक्षसंग छलफल पश्चात तीन सदस्य टोली छानविन समिति गठन भएको मुख्य सचिव सुवेदीले बताए ।

उनले भने ‘ घटनालाई छानविन गरेर निष्कर्ष निकाल्न समिति गठन भएको छ । भोलीबाट मन्त्रालयको काममा कुनै अवरोध नगर्ने समेत छलफल भएको छ’

आफुले सिफारिस गरेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आईतवार दिउँसो आफ्नै कार्यकक्षमा बोलाएर सचिव झालाई सभामुख सरोज यादवकै सामुन्न हात र लातले कुटपीट गरी दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्