Logo
१३ बैशाख २०८१, बिहीबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुक्त भएका १२ हजार ६ सय ८२ मध्ये १  हजार १ सय १ जना कम्लरीले पाए परिचय पत्र

प्रदेश ५ : दाङ जिल्ला सहित पश्चिम नेपालमा मुक्त भएका कम्लहरीहरुमध्ये १ हजार बढीले परिचय पत्र प्राप्त गरेका छन् । मुक्त भएका १२ हजार ६ सय ८२ मध्ये १  हजार १ सय १ जनाले परिचय पत्र प्राप्त गरेका हुन् ।

मुक्त कम्लहरी बिकास मञ्चका अनुसार सबैभन्दा धेरै दाङबाट आठ सय ५१ जनाले परिचय पत्र प्राप्त गरेका छन् । यस्तै कञ्चनपुरबाट दुई सय ५० र बर्दियाबाट ५८ जनाले मुक्त कम्लहरीको परिचय पत्र प्राप्त गरेका छन् ।

मुक्त कम्लहरी बिकास मञ्चले परिचय पत्र प्राप्त गर्नका लागि दाङबाट १३ सय, बाँकेबाट ५५१, कैलालीबाट ३ हजार र कञ्चनपुरबाट ७ सयले परिचय पत्र प्राप्त गर्न सक्ने भन्दै नामावली पहिलो चरणमा पठाएको थियो ।

बाँके र कैलालीमा मुक्त भएका कम्लहरीहरुले परिचय पत्र प्राप्त गर्न सकेका छैनन् । मुक्त कम्लहरी बिकास मञ्चका अध्यक्ष सुनिता चौधरीका अनुसार सबैलाई परिचय पत्र बितरणका लागि ध्यानाकर्षण गराएको भए पनि काममा ढिलाई भएको जानकारी दिइन । सरकारका कारण ढिलाई भएको अध्यक्ष चौधरीले बताइन् ।

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्