Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफुले भनेको NGO लाई कार्यक्रम नपारेपछि सभामुखकै अगाडी यसरी मन्त्रीबाटै कुटिए सचिव (भिडियो सहित)

जनकपुरधाम : आफुले भनेको एनजिओलाई कार्यक्रम नपारेको भन्दै प्रदेश २ का आर्थिक ममिला तथा योजनामन्त्री विजय यादवले प्रदेश मन्त्रालयका एक सचिवलाई कुटपीट गरेका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आईतवार दिउँसो ३ बजे आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री यादवले कुटपीट गरेका हुन् । आफुले भनेको एनजिओलाई कार्यक्रम नपारेको भन्दै मन्त्री यादवले आफुलाई आफ्नै कार्यकक्षमा प्रदेश २ का सभामुख सरोज यादवकै अगाडी झापड तथा लातले कुटपीट गरी दुव्र्यवहार गरेको सचिव झाले दुखेसो पोखेका छन् ।

‘पहिला सभामुखकै अगाडी गालामा झापडले हिर्काउनुभयो । त्यसपछि म अवाक भए । त्यसपछि पुनः अर्को कोठामा लगेर हात र लातले हान्नुभयो । त्यसक्रममा सभामुखले बचाउनुभयो । त्यसपछि पिठ्युमा लात हानेर कोठाबाट बाहिर निकाल्नु भो ’ सचिव झाले भने ।

मन्त्री यादवले २ पटक कुटपीट गरेर कोठाबाट बाहिर निकालेको सचिव झाको गुनासो छ । मन्त्रीबाट कुटिएका सचिव झालाई मन्त्रीकै निर्देशनमा प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएका थिए । प्रहरी नियन्त्रणमा रहेका कुटिएका सचिवको गालामा निलडाम देखिएको छ ।

केहि बेरपछि प्रहरीले जनकपुर अञ्चल अस्पतालमा लगेर सचिव झाको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । कुटपीट घटनापछि कर्मचारीहरु केहि बेर मन्त्रालय अगाडी धर्ना पनि दिएका थिए ।

गरिबी निवारण कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएको मध्ये ४० वटा संस्था छनोट सचिव झाले बताए ।

मन्त्री यादवले भनेको एनजीओको नाम छनोटमा नगरेकाले नतिजा परिवर्तण गर्न दवाव दिएको र मैले नतिजा परिवर्तण नहुने बताएपछि योजनावद्ध तरिकाले मन्त्रीले आफुलाई बोलाएर कुटपीट तथा दुव्र्यव्यवहार सभिव झाको भनाई छ ।

सचिव झाले भने ‘ घटनाको छानविन होस् । म दोषी छु भने म माथि कारवाही हुनुपर्छ । होइन भने यसरी मन्त्रालयमा बोलाएर सचिवलाई कुटपीट गर्ने मन्त्री यादवलाई कानुन अनुसार कारवाही हुनुपर्छ ’

यता मन्त्री यादवले आफुले कुटपीट नगरेको दावी गरेका छन् । सञ्चारकर्मीको जवाफमा उनले भने ‘ मैले सचिवलाई कुटपीट गरेकै छैन । यदि मैले कुटपीट गरेको छु भने प्रमाण देखाउनुस्’ अरु मलाई केहि भन्नु छैन ।’

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्