Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होसियार : उपत्यकामा पुन:स्वाइन फ्लूका बिरामी भेटिए

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एकजना महिलामा स्वाइन फ्लु पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार आइतबार बिहान रुघाखोकी तथा ज्वरो लागेर आएकी एक युवतीमा स्वाइन फ्लुको संक्रमण देखिएको हो ।

गम्भीर खालको रुघाखोकी सहित र ज्वरो आएपछि अस्पतालमा उपचारका लागि आएकी ती महिलामा स्वाइन फ्लुको शंका लागेर केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना जाँच गर्दा संक्रमण पुष्टि भएको हो ।

उनले भने, गम्भीर खालको रुघाखोकीसहित र ज्वरो आएरपछि हामीले स्वाइन फ्लुको शंका लागेर उनको नमूना जाँच केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला गरेका थियौं, प्रयोगशाला रिपोर्टमा उनलाई स्वाइन फ्लुको संक्रमण भएको पुष्टि भएको छ ।

काठमाडौंमा नै स्थायी रुपमा बस्ने युवतीमा स्वाइन फ्लु देखा परेको हुँदा उच्च सर्कता अपनाउनु पर्ने समेत डा पुनले बताए । डा. पुनले भने, स्वाइन फ्लु पनि एक प्रकारको फ्लु हो ।

स्वाइन फ्लुका बिरामी पनि रुघाखोकीका बिरामी जस्तै हुने भएकाले रुघाखोकीमा पनि हेलचेक्र्याई गर्नु हुँदैन । यो चिसो मौसममा धेरैलाई रुघाखोकी लाग्ने गर्छ । जसले गर्दा मानिस स्वाइन फ्लू र रुघाखोकीमा झुकिने गर्छन् ।

के हो स्वाइन फ्लु ?

स्वाइन फ्लु पनि एक प्रकारको फ्लू हो । मौसममा देखिने रुघाखोकीका बिरामी जस्तै स्वाइन फ्लु पनि त्यस्तै भएकाले स्वाइन फ्लु देखिहालेमा आतिनु पर्दैन । तर यसलाई हेलचेक्रयाइ गर्नु पनि हुँदैन ।

स्वाइन फ्लु भएमा सामान्य रुघाखोकी लाग्ने, घाँटी दुख्ने र उच्च ज्वरो आउने जस्ता लक्षण देखिने हुँदा यस्ता लक्षण देखिने वित्तिकै चिकित्सकलाई देखाउनु पर्ने हुन्छ । स्वाइन फ्लुबाट जोगिन मानिसले आफूलाई सफा सुग्घर राख्ने,कोही रुघाखोकीका बिरामी छन् भने उनीहरूबाट टाढा रहनु पर्छ ।

स्वाइन फ्लु एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सकेसम्म भीड भाडमा नजाने, बाहिर हिड्दा माक्सको प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्