Logo
७ बैशाख २०८१, शुक्रबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष भएको मौकामा सामुदायिक कलेजलाई यसरी बनाए व्यक्तिगत कलेज

काठमाडौं : भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजलाई प्रालीका रुपमा दर्ता गरिएको जानकारी बाहिरिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत सांसद योगेश भट्टराईको संयोजकत्वमा गठन भएको उपसमितिले समितिमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक कलेजलाई प्रालीका रुपमा दर्ता गरिएको जानकारी गराएको हो ।

कलेजमा आर्थिक अनियमितता लगायतका विषयमा विवाद भएपछि समितिले भट्टराईको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको थियो । कलेजका तत्कालीन अध्यक्ष लुम्बध्वज न्यौपानेले आफ्नो कार्यकालमा कलेजलाई आफ्नो नाममा बनाएको खुलेको हो ।

उनले २०७४ वैशाख २५ गते कलेजलाई आफ्नो नाममा बनाएको उपसमितिले जनाएको छ। आइतबार बसेको समितिको बैठकमा उपसमितिले प्रतिवेदन प्रस्तुत गरेको हो ।

साथै उपसमितिले आर्थिक अनियमितता छानबिन गर्न समिति गठन गर्न समितिलाई सुझाव दिएको छ । उपसमितिले उक्त कलेजलाई पोखरा विश्वविद्यालय अन्तर्गत राख्न पनि सुझाव दिएको छ ।

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्