Logo
१३ बैशाख २०८१, बिहीबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली महिला क्रिकेट टाेलीकाे लगातार दाेस्राे जित

पुष २९ :  थाइल्याण्ड वुमेन्स टि-२० स्म्यास प्रतियाेगिता अन्तर्गत नेपाली महिला क्रिकेट टोलिले लगातार दोश्रो जीत हासिल गरेकाे छ । आज भएकाे खेलमा नेपालले मलेसियालाई ६ विकेट पराजित गरेकाे हाे ।

टस जितेर ब्याटिङ गरेकाे मलेसियाले पहिलाे पारीमा मात्र ६१  रन बनाउन सक्याे । मलेसियालाई कम स्काेरमा समेट्ने क्रममा नेपालकाे लागि सरिता मगरले ३ ओभरमा ९ रन खर्चेर ४ विकेट लिईन भने कविता, इन्दु र नेरीले १-१ विकेट लिए ।

मलेसियाकाे लागि जिन यीले सार्वाधिक १२ रन तथा याकुवले ११ रन बनाइन् । बाँकि खेलाडिले दाेहाेराे अङ्क बनाउन सकेनन् ।

६२ रनकाे लक्ष्य लिएर मैदानमा उत्रेकाे नेपाली महिला टाेलीले ४ विकेटकाे क्षतिमा उक्त लक्ष्य पुरा गर्याे । नेपालका लागि राेमा थापाले सार्वाधिक २० रन बनाइन भने  सिता राना मगरले १६ रन बनाइन ।

पहिलाे खेलमा नेपालले चिनलाई पराजित गरेकाे थियाे । प्रतियाेगिता अन्तर्गतकाे तेस्राे खेल नेपालले साेमबार  युएईसँग खेल्ने छ ।

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्