Logo
७ बैशाख २०८१, शुक्रबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माफियामुखि भनिएको चिकित्सा शिक्षा विद्येयक जस्ताको त्यस्तै संसदमा पेश, डा. केसीको अनशन जारी

काठमाडाैं : माफियामुखी चिकित्सा शिक्षा विद्येयक भएको भन्दै प्रदेश १ स्थित इलाम जिल्लामा पुगेर डा गोविन्द केसीले आमरण अनसनमा बसिरहेकै बेला सरकारले सोहि विद्येयक संसदमा जस्ताको त्यस्तै पेश गर्ने भएको छ।

सरकार केसीको माग सम्बोधन गर्ने भन्दा पनि उनलाई थप चिड्याउने कसरत गरिरहेको भनेर चिकित्सकहरुले विरोध जनाउन सुरु गरेका छन् ।

आफैले गरेको सहमति लत्याएको भन्दै चिकित्सहरुले सरकारको आलोचना गरेकाछन् । चिकित्सा शिक्षा पहुँच योग्य हुनुपर्ने, स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्ने भन्ने मागलाई समेत सरकारले वेवास्ता गर्नु खेदजनक भएको नेपाल चिकित्सक संघले जनाएको छ ।

आइतबार बस्ने संसद बैठकमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले विद्येयक पेश गर्न लागेका हुन् । दिउँसो १२ बजे बस्ने बैठकमा विद्येयक पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

गएको बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले बहुमतका आधारमा विद्येयक पारित गरेको थियो । सो विद्येयको विरोध जनाउँदै डा केसीले बुधबारबाटै इलाममा अनशन सुरु गरेका थिए ।

आफूसँगको सहमति विपरितका प्रावधान राखेर चिकित्सा शिक्षा विधेयक तयार पारिएको भन्दै डाक्टर गोविन्द केसीले १६ औं अनसन बसिरहे पनि सरकारले विधेयक अघि बढाउने भएको हो ।

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्