Logo
४ बैशाख २०८१, मंगलबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा मगही कार्यक्रम : जबर्जस्ती मैथिली थुपार्न खोजेको वक्ताहरुको आरोप

जनकपुरधाम : मिथिला र मैथिलीकोको नाममा विभिन्न अभियानहरु चलीरका बेला प्रदेश २ को राजधानी जनकपुरधाममा मगही लोक-गीत बिबेचनात्मक कार्यक्रमको आयोजना गरिएको छ ।

मगही साहित्य समाजको आयोजनामा शनिवार मगही भाषामा लोक गीत अन्तर्गत गोसाइ गीत, समदाउन, सामाचकेवा, बिबाह गीत लगायतका गीतहरुमाथी विवेचना गरिएको थियो ।

प्रदेश अर्थराज्यमन्त्री उषा यादवको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले मगही भाषा तथा संस्कृति संरक्षणमा जोड दिएका थिए ।

मगही आफुहरुको मातृ भाषा रहेको दावी गर्दै उनीहरुले केही वर्गले जर्बजस्ती मैथिली भाषा थुपार्न खोजेको आरोप लगाए । कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपाली, डा.राम स्वार्थ राय, मिनापको संस्थापक शुर्दशन लाल कर्ण, शिक्षा अधिकृत मेहिलाल यादव, सामाजसेवी बैधनाथ साह, सन्त सत्यनारायण आलोक, बलदेब साह लगायतका व्यक्तिहरु सहभागी थिए ।

विजय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुमारी देबी र गीता देबी महतोले मगही लोकगीत प्रस्तुत गरेकी थिइन् । वक्ताहरुले मगही गीत कसरी बचाउने भन्ने बिषयमा गहन बिचार बिमर्श भएको मगही अभियन्ता तथा युवा कवि समाजका अध्यक्ष फुलगेन महतोले जानकारी दिए ।

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्