Logo
४ बैशाख २०८१, मंगलबार
(January 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नरेन्द्र मोदीलाई समस्या : सोनिया-राहुललाई सुरक्षित गर्दै मायावती-अखिलेशको जोडीले गर्‍यो नयाँ घोषणा (भिडियो)

भारत उत्तर प्रदेशमा समाजवादी पार्टी र बहुजन समाज पार्टी (बीएसपी) ले संयुक्त रूपमा एक साथ सबै सिटमा चुनाव लड्ने घोषणा गरेको छ । यो घोषणासंगै सत्तसिन भारतीय जनता पार्टी BJP लाई भने निकै समस्या हुने देखिएको छ । आउदो चुनावमा भाजपाले उत्तर प्रदेशबाट ७० ओटा सिट जित्ने दावी गरेको थियो ।

उस्ले २०१४ को चुनावमा पनि निकै ठूलो संख्यामा उत्तरप्रदेशबाट सिट जितेको थियो । शनिबार आधिकारिक रूपमा बीएसपी सुप्रीमो मायावतीले समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवको उपस्थितिमा घोषणा गरेका हुन् । उनले भने उत्तरप्रदेशको सबै सिट ८० मध्ये समाजवादी पार्टी ३८ र बीएसपी ले पनि ३८ सीटमा चुनाव लड्नेछन् ।

यद्यपि उक्त गठबंधनले भारतीय कांग्रेसको २ प्रमुख सिट अमेठीमा राहुल गांधी र रायबरेलीमा सोनिया गान्धीलाई डिस्टर्ब नगर्ने बताएको छ । त्यस्तै एसपी-बीएसपीको गठबंधनमा अन्य साना दलहरु क्रमश पीस पार्टी, निषाद पार्टी र आरएलडी रहेकोे छ । बाकी ४ ओटा सिट भने साना दलहरुलाई दिने बताईएको छ ।

हेर्नुस् भिडियोहरु :

सौजन्य एबिपि न्यूज

प्रकाशित मिति: Jan 12, 2019

प्रतिक्रिया दिनुहोस्