Logo
११ बैशाख २०८१, मंगलबार
(January 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लैनचौरले स्वीकृती दिएन त्यहीँ भएर राजपा फोरमबीच एकिकरण हुन सकेन : उपेन्द्र यादव

राजविराज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी राजपा, नेपाललाई लैनचौरले स्वीकृती नदिदा दुई पार्टी एकिकरण हुन सकेको तर्क गरेका छन् । प्रदेश २ को राजविराज स्थित संचारकर्मीसंगको कुराकानीमा उनले राजपा र फोरमबीच एकिकरण भए बैकल्पिक राष्ट्रिय पार्टी बन्ने वास्तविक्तालाई नाकार्न नसकिने बताए ।

‘हो राजपा फोरम एउटै पार्टी बन्यो भने यस्ले आफैले प्रधानमन्त्रीसम्म बनाउन सफल हुनेछ तर के गर्नु लैनचौरहरुलाई एकिकरण मन पदैन’ उनले भने -‘तत्कालिन अवस्थामा फोरम र सदभावनालाई रिप्लेस गर्नकै लागि लैनचौरले तमलोपा स्थपाना गरेका थिए, अहिले राजपालाई उस्ले जता घुमायो त्यता घुम्दैछन् ।’

जनआन्दोलनको रापतापबाट फोरम स्थापित भएपछि त्यसलाई रिप्लेस गर्नकै लागि महन्थ ठाकुरको नेतृत्वमा तत्कालिन अवस्थामा तमलोपा बनाइएको र लैनचौरको गोप्य शक्तिको रणनीति अनुसार उक्त पार्टी त्यो बेला बनेको उनले बताए । ‘सदाबाहार मधेशी पार्टी सदभावना त थियो नै र फोरम नयाँ शक्तिको रुपमा उदाएको थियो तर उस्ले आफनो चाविको रुपमा तमलोपा स्थापना गरेको थियो’ यादवले भने -‘राजपामा २ ओटा प्रमुख नेता भएता पनि लैनचौरले जता घुमायो त्यतै घुम्छन ।’

यद्यपी, मधेशी जनताले राजपालाई पनि स्थापित गरेकाले फोरम र राजपाको गठबन्धन भने रहिरहने उनले बताए । ‘उहाँहरुको महाधिवेश भएपछि सायद १ जना मात्र अध्यक्ष हुनेछन् त्यसपछि सायद कुरा मिल्ला अहिले त खासै कुनै संभावना देखिन्न ।’ उनको तर्क थियो । एक अर्को प्रसगमा उनले संविधान संशोधन नगरे आफूहरुले सरकार छोडेर सडक तताउने योजना बनाइरहेको बताए । त्यसो त मात्रै मधेशको कुरा गरेर राष्ट्रिय पार्टी बन्न नसकिने भन्दै उनले भने-‘देशकै कुरा गर्नुपर्छ अनि मात्र राष्ट्रिय पार्टी भइन्छ ।’ 

प्रकाशित मिति: Jan 12, 2019

प्रतिक्रिया दिनुहोस्