Logo
६ बैशाख २०८१, बिहीबार
(January 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदीको कडा चेतावनीबीच इस्लाम त्यागेर भागेकी युवतीलाई क्यानडाले दियो शरण

विश्वभर निकै चर्चाको विषय बन्न सफल तथा विश्व धार्मिक राजनीतिमा सफल एक समाचारमा अब अर्को मोड आएको छ । केही समय अगाडीदेखि विश्वभर चर्चामा रहेकी साउदी युवती रहफ़ मोहम्मद अल-क़ुननलाई क्यानडाले शरण दिएको छ ।

यद्यपी, साउदी अरेवियाले क्यानडाको यो कदमलाई महाभूल भनेको छ । यो कार्यले विश्वमै धार्मिक हिंसा फैलिन सकिने साउदीको भनाई रहेको छ । उस्ले संयुक्त राष्ट्र संघमाथी पनि सगिन आरोप लगाएको छ । राष्ट्र संघले धार्मिक कार्ड खेल्ने गरेको उस्को आरोप रहेको छ ।

इस्लाम त्यागेर कुवेतबाट अस्ट्रेलिया जान लागेकी १८ बर्षीय यी किशोरीलाई थाईल्यान्डको विमानस्थलमा रोकिएको थियो । जहाँ उनले आफुलाई फिर्ता नपठाउँन आग्रह गरेकी थिईन् ।

इस्लाम त्यागेकै कारण आफनो हत्या हुन सक्ने भन्दै घर नपठाउँन आग्रह गरेपछि उनलाई थाईल्यान्ड प्रहरीले बिषेश सुरक्षा दिएको थियो । संयुक्त राष्ट्र संघले उनलाई शरणार्थीको दर्जा दिएपछि क्यानडाले उनलाई शरण दिएको छ ।

साउदी किशोरीलाई शरणार्थीको मान्यता उनलाई शरण दिएलगत्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश मानवअधिकार र महिला अधिकारका लागि सहयोग गर्न सँधै तत्पर रहेको बताए ।

उनलाई संयुक्त राष्ट्रसंघले गरेको अपील अनुसार नै शरण दिएको बताए । उक्त संघले क्यानडाको यस्तो निर्णयलाई स्वागत गरेको छ । उनले ट्वीटरको माध्यमबाट आफ्नो सबै कहानी सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनीप्रति अन्तर्राष्ट्रिय रुपमा सञ्चारमाध्यमको ध्यान खिचिएको थियो ।

शरणार्थीको मान्यता

यसअघि इस्लाम त्यागेर कुवेतबाट अस्ट्रेलिया भाग्न लागेकी रहफ़लाई संयुक्त राष्ट्र संघले शरणार्थीको दर्जा दिएको छ । कुवेतबाट भागेर अस्ट्रेलिया जान लागेकी १८ बर्षीय यी किशोरीलाई थाईल्यान्डको विमानस्थलमा रोकिएको थियो ।

जहाँ उनले आफुलाई फिर्ता नपठाउँन आग्रह गरेकी थिईन् । उनले परिवारसमक्ष फिर्ता गरे इस्लाम त्यागेको कारण नै आफनो हत्या हुन सक्ने भनेपछि थाइल्याण्ड प्रहरीले उनलाई सुरक्षा प्रदान गर्दे डिपोर्ट गरेन । यस मामिलाई सुल्झाउँन संयुक्त राष्ट्रले अस्ट्रेलियालाई भनेको छ ।

सोमवार साँझ उनलाई संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीएचआरको संरक्षकत्वमा सुवर्णभूमि विमानस्थलबाट बाहिर जाने अनुमति दिइएको थियो। उता छोरीको यस्तो हर्कतपछि उनका अभिभावक थाइल्याण्ड पुगिसकेका छन् तर उनका परिवार भने छोरीलाई भेट्न चाहादैनन् ।

स्मरण रहोस साउदीमा इस्लाम त्याग्नुलाई ठुलो अपराध मानिन्छ जुन अपराधमा मृत्यु दण्डको सजायँ दिईने गरिन्छ ।

प्रकाशित मिति: Jan 12, 2019

प्रतिक्रिया दिनुहोस्