Logo
१३ बैशाख २०८१, बिहीबार
(January 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली क्रिकेटर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (BPL) क्रिकेटमा आज तेस्रो खेल खेल्दै

सार्वधिक सफल नेपाली यूवा क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बीपीएल क्रिकेटमा आज आफ्नो तेस्रो खेल खेल्दैछन् । नेपालको नाम विश्वभर फैलाउन सफल सन्दीपले भरतीय क्रिकेटमा समेत आफ्नो नाम रोशन गरिसकेका छन् ।

सन्दीपको टिम सिलेट सिक्सर्स र ढाका डायनामिकबीचको खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे ढाकामा सुरु हुनेछ । यद्यपी, डेब्यू खेलमै २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा भने किफायती बलिङ गरे पनि विकेट लिन सकेनन् ।

सन्दीपको टिमले अहिलेसम्म खेलेका दुईमध्ये एक खेल मात्रै जितेको छ भने दुवै खेल जितेको ढाका डायनामिक ४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । सन्दिपको यो सफल्तालाई नेपालमा निकै सराहिएको छ ।

प्रकाशित मिति: Jan 12, 2019

प्रतिक्रिया दिनुहोस्