Logo
६ बैशाख २०८१, बिहीबार
(January 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड राजनीतक फिल्म ‘द एक्सीडेंटल प्राइम मिनिस्टर’ नेपालमा प्रतिबन्ध (भिडियो रिभ्यु सहित)

भारतीय पुर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको राजनीतिक जीवनमा अधारित बलिउड फिल्म ‘द एक्सीडेंटल प्राइम मिनिस्टर’ को यत्तिबेला चौतर्फी चर्चा रहेको छ ।

तर नेपालमा भने यो फिल्मलाई प्रतिबन्ध गरिएको छ । राजनीतिक विवादित फिल्म रहेको भन्दै नेपालमा यसलाई प्रतिबन्ध गरिएको बताइएको छ ।

यद्यपी, औपचारिक रुपमा भने यसमाथी प्रतिबन्ध गर्न कुनै परिपत्र वा पत्रचार सरकारले गरेको छैन । तर श्रोतले भन्यो भारतमा विवादित बनेको यो फिल्मलाई नेपालमा नचलाउने अघोषित रुपमा सरकारको दिशानिर्देश भने आएको छ ।

नाम उल्लेख नगर्ने शर्तमा राजधानी काठमाण्डौ एक मल्टिप्लेक्सका संचालकले भने सरकारले अघोषित रुपमा यो फिल्म नलगाउन आदेश दिएको छ । सेन्सर बोर्डले पनि मन्त्रालयको दवाब छ भन्दै त्यती चासो दिएन तर्सथ हामिले यो फिल्मलाई चलाउन सकेनौं । उनले भने ‘सरकारले त्यस्तो कुनै औपचारिक पत्रचार पनि गरेको छैन तर यत्ति बुझ्नुस् ‘द एक्सीडेंटल प्राइम मिनिस्टर’ नामक फिल्म नेपालमा प्रतिबन्ध छ । यो भन्दा बढी प्रष्टाएर अझ भन्न सकिन्न ।’

उता, सेन्सर वोर्डको कुनै पनि अधिकारीले यसबारे बोल्न चाहेन । कसैले यो फिल्म चलाउनु पर्छ भन्न आएन त्यसैले हामिलाई के चासो र ? एक अधिकारीले भने अव यो त बिक्रेताहरुले भन्ने कुरा हो । भारतको सेन्सर बोर्डले पास गरिसकेपछि हामिले रोक्ने भन्ने होइन तर विक्रेताहरुले खासै चासो देखाएन तर्सथ हामिले पनि मौनता साध्यौं । यद्यपी विक्रेताहरुले भने सेन्सर वोर्डलाई सरकारको परिपत्र रहेको भन्दै यो फिल्म चल्न नदिने बताएकाले हामिले खासै चासो न लिएको बताँउछन् ।

शुक्रवार विश्वभर रिलीज भएको भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहका मीडिया सलाहकार संजय बारुद्वारा लिखी एक कितावमा अधारित रहेर बनाइएको फिल्म ‘द एक्सीडेंटल प्राइम मिनिस्टर’ पहिलो दिनमै करोडौं कमाएको छ । त्यसो त फिल्मको ट्रेलर सार्वजनिक भए लगतै भारतमा राजनीतिक विवाद सुरु भएको थियो ।

भारतमा यसै वर्ष लोकसभाको निर्वाचन हुँदै छ । तर यस फिल्ममा भने सोनिया गान्धी र भारतीय कांग्रेसलाई नाकारात्मक भूमिकामा देखाइएको छ । मनमोहन सिंह प्रधानमन्त्री भएपनि सोनिया गान्धीले कसरी उनलाई लुडोको गोटी जस्तो प्रयोग गरेको थियो त्यो देखाउनु यस फिल्मको मुख्य उद्देश्य रहेको छ ।

अभिनेता अनुपम खेरले मनमोहन सिंह, सुजैन बर्नर्टले सोनिया गान्धी र अर्जुन माथुरले राहुल गांधीको भुमिका निभाएका छन् । त्यस्तै अक्षय खन्ना संजयले संजय बारूको भूमिका छन् । यस फिल्मलाई विजय रत्नाकर गुट्टेले डायरेक्ट गरेका छन् । यद्यपी शुक्रवार नै रिलिज भएको अर्को रानीतिक केन्द्रित फिल्म उरी भने नेपालमा चलाइएको छ । भारतले पाकिस्तानमाथी गरेको सर्जिकल स्ट्रैकमा केन्द्रित रहेर यो फिल्म बनाइएको छ । नरेन्द्र मोदी सरकारको यसमा तारिफ गरिएको छ ।

उरीको यस्तो छ ट्रेलर :

प्रकाशित मिति: Jan 12, 2019

प्रतिक्रिया दिनुहोस्