Logo
६ बैशाख २०८१, बिहीबार
(January 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ट्रेलियामा फेरि नेपालीको निधन

अस्ट्रेलियामा सडक दुर्घटनामा एक जना नेपालीको मृत्यु भएको छ । चितवन घर भइ अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यस्थित ओलङगङमा विगत ५ वर्षदेखि बसोबास गर्दै आएका सुजन दाहालको बिहीबार सडक दुर्घटनामा निधन भएको हो ।

चार वर्षदेखि स्थानीय डोमिनोज पिज्जा सेन्टरमा काम गरिरहेका उनले पछिल्लो एक वर्षदेखि एज्ड केयरको काम सुरु गरेका थिए । एज्ड केयरमा काम गरेका उनी डब्बोको टारीमा रहेको घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

तीव्र गतिमा रहेको उनको गाडी प्रिन्सेस हाइवेमा रोकेर राखेको लामो मालवाहक ट्रकसँग ठोक्किन पुगेको थियो जसका कारण उनको घटनास्थलमै निधन भएको जनाइएको छ । प्रहरीका अनुसार ट्रकका चालक घाइते भएका छन् ।

न्यूसाउथवेल्स प्रहरीले उक्त घटना हिजो बिहीबार अपरान्ह ५:३० बजे भएको जनाएको छ । मृतक दाहालको शव अहिले ओलङ्गङ अस्पतालमा राखिएको छ भने उनका आमाबाबु पनि अस्ट्रेलियामैँ रहेकाले उनीहरूको सल्लाहअनुसार आवश्यक सहयोग पुर्‍याउने काम भइरहेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ।

प्रकाशित मिति: Jan 11, 2019

प्रतिक्रिया दिनुहोस्