Logo
११ बैशाख २०८१, मंगलबार
(January 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठूलाबडा नै डामिने भएपछि विमान खरिद घोटालाबाट कंसाकार र देवकोटालाई पनि चोख्याउने तयारी

काठमाडौँ : ठूलाबडा नै डामिने भएपछि विमान खरिद घोटाला काण्डमा अब नयाँ मोड आएको छ । उच्च राजनीतिक तहबाटै दिशानिर्देश अनुसार नेपाल एअरलाइन्स कर्पोरेशन (एनएसी) का लागि खरिद गरिएको २ वटा वाइडबडी जहाजमा भ्रष्टाचार गरेका भनिएका सुगरत्न कंशाकार र पर्यटन सचिव कृष्ण देवकोटालाई सरकारले चोख्याउने तयारी गरेको छ ।

सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले मन्त्री रविन्द्र अधिकारीसहित दर्जनौं व्यक्तिमाथि कारबाहीका लागि सिफारिस गरेपनि लेखासमितिले मन्त्रीका हकमा नैतिक जिम्मेवारी मात्र लिए हुने भन्दै चोख्याइसकेको छ ।

उता, बिमान खरिद गर्दा भएको भ्रष्टाचारको रकम बुझ्नेहरू चोख्खिने र आफुहरूमात्रै फस्ने देखेपछि कंशाकार र देवकोटाले सत्ताधारी (नेकपा) का ओली र पुष्पकमल दाहालमाथि दबाब बढाएको स्रोतले जानकारी दियो ।

फलस्वरूप, लेखा समितिले यी व्यक्तिहरूलाई निलम्बन गरि तत्काल कारबाही प्रकृया अघि बढाउन निर्देशन दिएपनि सो अघि बढ्न सकेको छैन ।  विमान खरिद घोटालालाई ढिसमिस बनाउन सरकारले न्यायिक समिति समेत बनाएको छ ।

संसदीय समितिको निर्णयअनुसार दोषीहरूलाई तत्काल पदमुक्त नगरिने सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताइसकेका छन् । उता, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई छानबीन र कारबाहीका लागि निर्देशन दिने लेखा समितिको निर्णय पनि अलपत्र परेको छ ।

फ्रान्सेली जहाज निर्माता कम्पनी एअरबस निर्मित ए ३३०/२०० सिरिजका २ वटा वाइडबडी जहाज खरिद घोटालामा आफ्नै पार्टी नेतृत्वको सरकार र मन्त्रीहरू मुछिँदा पनि (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले आश्चर्यजनक मौनता साँधेका छन् ।

प्रकाशित मिति: Jan 11, 2019

प्रतिक्रिया दिनुहोस्