Logo
१३ बैशाख २०८१, बिहीबार
(January 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघे सङ्क्रान्ति माघीको रौनक : मुर्गियामा थारु महोत्सवको आयोजना

थारु समुदायको बाहुल्य रहेको रुपन्देहीमा माघे सङ्क्रान्ति माघीको रौनक देखिएको छ । थारु वेषभूषामा रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा थारु महोत्सवको आयोजना गरी थारु, संस्कृतिको जर्गेना गरिने भएको छ ।

महोत्सवमा थारु खानाको रुपमा रहेको माछा, बङ्गुरको मासु, घोङी, ढिकुरीलगायत थारु समुदायका परिकार विभिन्न कक्षमा राखिएको थारु अगुवा खुशीराम चौधरीले बताए  । ‘‘माघी थारु समुदायको नयाँ वर्ष भएकाले हर्षोल्लासका साथ परम्परागत रुपमा मनाइन्छ’’ चौधरीले भने ।

उनका अनुसार उक्त दिन नयाँ आर्थिक वर्षको जस्तै पुराना हिसाब मिलाउने, हरुवाचरुवाको नयाँ वा पुरानो हिसाब मिलाउने र केही दिन खानपिन गरेर नयाँ कामको शुरुआत गर्ने चलन छ ।

उक्त दिन घरघरमा थारु समुदायका चेलीबेटी बोलाएर उनीहरुलाई खानपिन गराएर दक्षिणासमेत दिने चलन रहेको जानकारी दिँदै अगुवा चौधरीले यो पर्व परम्परागत पर्वको रुपमा मानिएको जिकिर गरे । उनले भने, “यो पर्वमा बङ्गुरको मासु, माछा, रक्सी र खिचडी खाने हो ।”

तीन दिनसम्म चल्ने सो महोत्सवमा थारु संस्कृतिसँग सम्बन्धित झुमरा नाच, लठ्ठी नाच प्रदर्शन हुनुका साथै थारु परिकार खान पाइन्छ । महोत्सवका लागि सैनामैना नगरपालिकाले रु दुई लाख बजेट छुट्ट्याइएको छ ।

सैनामैना नगरपालिका-५ का चन्द्रमान चौधरीले विगतमा भन्दा माघीलाई प्राथमिकताका साथ मनाउन थालिएको जानकारी दिँदै यसबाट थारु संस्कृतिको स्मरण हुने र अन्य समुदायलाई समेत संस्कृतिबारे जानकारी लिन सहयोग मिल्ने बताए ।

माघको औंसीमा पनि सैनामैनाको भडछीमा थारु समुदायको माघी मेला लाग्छ । सो मेलामा स्नान गरी व्रत बस्नाले रोगब्याधि नलाग्ने र सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

थारु कल्याणकारीणीसभा दाङले घोराहीमा आयोजना गरेको प्रदेशस्तरीय प्रादेशिक माघ महोत्सव’मा पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शङकर पोखरेल । तस्वीर : रीता लामा, घोराही (दाङ) प्रदेश नं. ५

प्रकाशित मिति: Jan 11, 2019

प्रतिक्रिया दिनुहोस्