Logo
७ बैशाख २०८१, शुक्रबार
(January 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारको आरोप लागेका रोनाल्डोको डीएनए परीक्षण हुँदै

एजेन्सी : पोर्चुगिज कप्तान तथा युभेन्ट्सका स्टार क्रिष्टियानो रोनाल्डो बतात्कारमा संलग्न रहे/नरहेको तथ्य पत्ता लगाउन उनको डीएनए परिक्षण गर्ने लास भेगास प्रहरीले जनाएको छ ।

सन् २००९ मा लास भेगासस्थित एक होटेलमा अमेरीकन युवती क्थरिएन मार्योगालाई बलात्कार गरेको आरोप लागेका रोनाल्डोमाथि प्रहरीले पुन अनुसन्धान गर्न लागेको बीबीसीले जनाएको छ ।

३३ वर्षे रोनाल्डोका वकिल पिटर क्रिष्टियान्सेनले  “सम्मानजनक अनुरोध” भनेका छन् । त्यस्तै, वाल स्ट्रीट जर्नलले छिट्टै इटालीको अदालतमा वारेन्ट बुझाउने तयारी भइरहेको उल्लेख गरिएको छ ।तर, रोनाल्डोले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन् ।“रोनाल्डो जस्तो आज छन् । त्यसैगरी सधैँ व्यवस्थापन गर्दै आइरहेका छन् ।

२००९ मा जे भएको थियो त्यो सहमतिमा भएको थियो । त्यसैले यो आश्चर्य मान्ने चिज होइन । त्यहाँ डीएनए पनि बुझाउन सकिन्छ । यो मात्रै प्रहरीले आफ्नो अनुसन्धानलाई पूरा गर्न गरिएको सम्मानजनक अनुरोध हो,” क्रिष्टियनद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।जर्मनीको साप्ताहिक पत्रिका डेर स्पिगेलले अक्टोबर २०१८ मा बलात्कृत आरोपको घटनालाई मार्योगाले लास भेगास प्रहरीमा उजुरी दिएको भन्दै यो विषयलाई बाहिर निकालेको थियो ।

डेर स्पिगलले २०१० मा उक्त घटनालाई सार्वजनिक नगर्न भन्दै रोनाल्डोसहितको टोलीले मार्योगालाई २ लाख ८८ हजार पाउन्ड दिएको उल्लेख गरेको थियो । तर, उनका वकिलहरु भने बाहिर नभन्ने भनेर गरिएको उक्त घटनालाई बाहिर ल्याउन खोजेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति: Jan 11, 2019

प्रतिक्रिया दिनुहोस्