Logo
|| January 11, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कामदार लैजानेबारे सम्झौता गर्न जापानी वार्ता टोली चाँडै आउने

प्रधानमन्त्री केपी शर्मा ओली संग वालुवाटारमा शिष्टाचार भेट गर्दै जापानका विदेशमन्त्री तारो कानो । तस्वीर : प्रदीपराज वन्त

काठमाडौं : जापानी सरकारले नेपाली कामदार लैजानबारे सम्झौता गर्न चाँडै वार्ता टोली पठाउने भएको छ । जापानी विदेशमन्त्री तारो कोनोले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा टोली खटाइने जानकारी गराएका हुन् । नेपाल र जापानकाबीच सरकारी तहबाटै कामदार पटाउने सम्झौता तयारी भइरहेको छ ।

विदेशमन्त्री कोनोले जापानमा बर्सेनी करिब ५ लाख जनसंख्या घटिरहेको घटिरहेको र काम गर्नेको संख्यामा पनि गिरावट आएकाले विदेशी कामदार आपूर्ति गर्न लागेको जानकारी दिए । लैजाने नौवटा मुलुकको सूचीमा नेपाललाई पनि राखेको छ ।

‘कामदार आयात गर्ने मुलुकमा नेपाललाई पनि छानेका र्छौँ,’ त्यसका लागि वार्ता गर्न जापानी टोली आउछ । त्यसपछि सहमति हुन्छ र नेपाली कामदार जापान जान पाउँछन्,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार राजन भट्टराईले कानोलाई उद्धृत गर्नै भने ।

प्रकाशित मिति: २७ पुष २०७५, शुक्रबार ०८:४१

प्रतिक्रिया दिनुहोस्