Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिदेह नगरपालिका र धनौजी गाउँपालिकाका ३३५ दलित घर धुरीलाई कम्बल बितरण

धनुषा स्थित क्लोथ बैंकले बिदेह नगरपालिका र धनौजी गाउँपालिकामा कम्बल बितरण गरेको छ । बिदेह नगरपालिकाको वार्ड नम्बर ९ र धनौजी गाउँपालिकाको वार्ड नम्बर २ र ३ मा रहेका ३३५ दलित घर धुरीलाई कम्बल बितरण गरेको हो ।

नेपाल सरकारको अबधारणामा रहेको प्रहरी पब्लिक साझेदारी कार्यक्रम अनुसार मित्र धनुषा, बृहतर जनकपुर र एन पेब्सन धनुषाको सहयोगमा प्राप्त कम्बल बिरण गरिएको हो ।

बितरण कार्यमा धनुषा प्रहरी उपरीक्षक गोबिन्द पराजुली, बृहतर धनुषाको कार्यकारी निर्देशक बलराम ठाकुर, क्लोथ बैंक धनुषाको उपाध्यक्ष सुनिल चौधरी, कोषाध्यक्ष सुरेश शर्मा, मित्र धनुषाको अध्यक्ष सुधा कर्ण, पत्रकार तथा लेखक सुजीत झा, एन पेब्सनको धनुषा अध्यक्ष चन्द्र नारायण मंडल मित्र धनुषाको कार्यक्रम प्रमुख राम कुमार कर्ण, प्रहरी निरीक्षक अशोक कुमार झा, राजपा नेपालको स्थानिय नेता उदय पाण्डे, जिबेन्द्र झा, तथा जनकपुरका सकृय युवा प्रशन्त झा लगायतका सहभागी थिए ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्