Logo
७ बैशाख २०८१, शुक्रबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न ऐनको चिन्ता न कानूनको डर : जनकपुरधामका वडा अध्यक्षहरु कमिशनमा चुरलुम्ब

जनकपुरधाम :  राजपा नेपालका भातृ संगठन राष्ट्रिय विद्यार्थी संघका महासचिव उपेन्द्र साहले जनकपुरधाम उपमहानगरपालिका अधिकांश वडा अध्यक्षहरु स्थानीय तह ऐन नियमावली विपरित गतिविधिमा संलग्न रहेको टिप्पणी गरेका छन् ।

कमिशनमा चुरलुम्ब डुबेका वडा अध्यक्षहरुको गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन तथा विभिन्न निर्माणको तथ्याँक झिकाएर कडा कारवाही गर्न उपमहानगरपालिकाका मेयर लालकिशोर साह समक्ष आग्रह गरेका छन् ।

जनताको सहजताका लागि स्थानीय तहका पदाधिकारी निर्वाचित भएपनि जनकपुरधाम उपमहानगरपालिकाका वडा नं.१, २, ४, ८ सहित १६ वटा वडामा आर्थिक हिनामिना भएको महासचिव साहको तर्क छ ।

जनतालाई घरबाटो सिफारिस, नागरिकता सिफारिस लगायतका समेत रकम लिएर मात्र सिफारिस दिने गरेको पाइएकाले उक्त वडा अध्यक्षहरुमाथि छानविन समिति गठन गरी कारवाही गर्न मेयर साह संग मांग गरेका छन् ।

मेयर साहले आफुहरुको मांग प्रति गम्भिर नभए वडा अध्यक्ष विरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

यतिमात्र नभएर कतिपय वडा अध्यक्षहरु बैठक नै नगरी बैठक भता बुझदै आएको समेत जानकारी गराए ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्