Logo
१३ बैशाख २०८१, बिहीबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइयो विश्व हिन्दी दिवस (फोटोफिचर)

सांस्कृतिक कला प्रस्तुत गर्दै कलाकार
विश्व हिन्दी दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सांस्कृतिक प्रस्तुत गर्दै कलाकार । तस्वीर ः नवीन पौडेल, रासस

नेपालमा पनि बिभिन्न कार्यक्रम गरि विश्व हिन्दी दिवस मनाइएको छ । उक्त अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सांस्कृतिक प्रस्तुती समेत गरिएको छ ।

विश्व हिन्दी दिवस जनवरी १० मनाइने गरिन्छ । काठमाडौंस्थित भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रिय विभागको संयुक्त आयोजनामा काठमाडौंको होटल ह्यात रिजेन्सीमा यस दिवस मनाइएको हो ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । विश्वमा हिन्दी भाषाको प्रचार प्रसारको लागि जागरुकता ल्याउन तथा अन्तराष्ट्रि भाषाको रुपमा प्रस्तुत गर्ने उदेश्यले विभिन्न देशमा रहेका भारतीय दूतावासले विशेष रुपमा यो दिवस मनाउने गर्दछ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

शुभकामना सन्देशमा सबैको सार्थक प्रयासबाट विश्वमा हिन्दीले आफ्नो अलग्गै पहिचान बनाउनेमा भारतीय प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरेका छन् ।

समाजिक विकासमा तालमेल गर्दै अधिक हिन्दी भाषा प्रयोग गर्न सबै हिन्दीप्रेमीलाई प्रधानमन्त्री मोदीले आग्रह समेत गरेका छन् ।भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले सन् २००६ मा जनवरी १० मा विश्व हिन्दी दिवस मनाउने घोषणा गरेका थिए ।

त्यसअघि विश्वमा हिन्दीको विकास गर्ने उदेश्यले विश्व हिन्दी सम्मेलनको शुरुवात १० जनवरी १९७५ मा भारतको नागपुरमा भएको थियो । सन् २०१८ मा भारत सरकारले मोरिसस सरकारको सहयोगमा मोरिससमा ११ औं विश्व हिन्दी सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम तथा कवि गोष्ठी समेत भएको थियो ।

हेर्नुस् तस्विरहरु :

विश्व हिन्दी दिवसको अवसरमा भारतीय राजदुतावास काठमाडौँ र हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको संयुक्त आयोजनामा बिहीबार काठमाडौँमा आयोजित समारोहमा सहभागि संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारी, नेपालकालागि भारतीय राजदुत मञ्जिभसिंह पुरीलगायत । तस्वीर : नवीन पौडेल
विश्व हिन्दी दिवसका अवसरमा बिहीबार राजधानीमा आदिकवि भानुभक्त आचार्यका कविता हिन्दीमा अनूदित कृति सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी । तस्वीरः नवीन पौडेल
विश्व हिन्दी दिवसको अवसरमा भारतीय राजदूतावास काठमाडौँ र हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको संयुक्त आयोजनामा बिहीबार आयोजित कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको कविता हिन्दी भाषामा अनुवाद गरिएको कृति सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारी, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी । तस्वीरः नवीन पौडेल

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्