Logo
१२ बैशाख २०८१, बुधबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुटनैतिक : जापानका विदेशमन्त्री नेपालमा, परराष्ट्रमन्त्री ज्ञवाली भने दिल्लीमा (फोटोफिचर)

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । बिहिबार ज्ञवालीले आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजसँग बिहीबार नयाँदिल्लीमा भेटवार्ता गरेका छन् । यता, जापानका विदेशमन्त्री तारो कोनो नेपाल भ्रमणमा छन् । भ्रमणका क्रममा उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपि शर्मा ओली लगायतसँग शिष्टाचार भेटवर्ता गरेका छन् ।

ज्ञवाली-स्वराज भेटवार्ता, संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति 
नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुष्मा स्वराजबीच बिहीबार भारतको बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

रायसिना संवादको चौथो संस्करणमा भाग लिने सिलसिलामा भारत भ्रमणमा रहेका मन्त्री ज्ञवाली र उनका भारतीय समकक्षीबीच भएको भेटवार्तामा नेपाल-भारत सम्बन्धका विविधि पक्षमा विचार-विमर्श गरेको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । ‘दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सहयोगअन्तर्गत् नेपालमा जारी विकास-निर्माणका आयोजनाको समीक्षा गर्नुका साथै ती परियोजनामा भएको प्रगतिप्रति सन्तुष्टि प्रकट गर्नुभएको छ ।

उहाँहरूले ती आयोजना निर्धारित् समयमा नै पूरा गर्न निर्वाधरुपमा तिनलाई गति दिनुपर्नेमा जोड दिनुभएको छ’-दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले हालसालै दुवै देशबाट उच्चस्तरमा भएका भ्रमणको स्मरण गर्दै समानता, पारस्परिक विश्वास, सम्मान र आपसी लाभमा आधारित शताब्दीऔं पुरानो नेपाल–भारत सम्बन्धलाई अझ मजबुत् तुल्याएकामा त्यसको प्रशंसा गरेका छन् ।

भारतको बाह्य मामिला मन्त्रालयको सहकार्यमा अब्जबर रिसर्च फाउन्डेसनले रायसिना संवादको चौथो संस्करण आयोजना गरेको हो ।मन्त्री ज्ञवाली उक्त संवादमा मुख्य वक्ताकारुपमा सहभागी हुन बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

हेर्नुस् बिभिन्न तस्विरहरु : 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आˆना भारतीय समकक्षी सुष्मा स्वराजसँग नयाँदिल्लीमा भेटवार्ता गर्दै । तस्बिर, सौजन्य : परराष्ट्र मन्त्रालय
प्रधानमन्त्री केपी शर्मा ओली संग वालुवाटारमा शिष्टाचार भेट पछि मायाको चिनो प्रदान गर्दै जापानका विदेशमन्त्री तारो कानो । तस्वीर : प्रदीपराज वन्त
प्रधानमन्त्री केपी शर्मा ओली संग वालुवाटारमा शिष्टाचार भेट गर्दै जापानका विदेशमन्त्री तारो कानो । तस्वीर : प्रदीपराज वन्त
प्रधानमन्त्री केपी शर्मा ओली संग वालुवाटारमा शिष्टाचार भेट गर्दै जापानका विदेशमन्त्री तारो कानो । तस्वीर : प्रदीपराज वन्त
राष्ट्रपति कार्यालय शितल निवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनो । तस्बिरः रोशन सापकोटा
राष्ट्रपति भवन, शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनो । तस्बिरः रोशन सापकोटा
राष्ट्रपति भवन, शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनो । तस्बिरः रोशन सापकोटा

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्