Logo
१५ चैत्र २०८०, बिहीबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हो, राजालाई फालियो तर पृथ्वीनारायण शाहलाई हेला गर्ने अधिकार कस्ले दियो ?

संझना पौडेल

पृथ्वीनारायण शाह नेपालको निर्माता जस्लाई व्याख्या बयान गर्नको लागी शब्दको अभाब छ, नेपाली शब्दकोषमा । एउटा झोले गवार देशद्रोहि मर्दा बिदा घोषणा हुन्छ ।

तर रास्ट्रनायकको यत्रो योगदानलाइ कदर गर्न जान्दैन । भो अब हामी नेपाली भनेर छाती फुलाउनु पर्दैन । राजा फालियो भन्दैमा पृथ्वीनारायण शाह लाई हेलाँ गर्ने अधिकार कस्ले दियो ? के हामी हाम्रा बाउआमा बिना यो धर्तिका हुने थियौं ?
एक पटक सोचौं सबैले हो ।

त्यस्तै उहाँ बिनाको नेपाल कल्पना पनि गर्न सकिन्न । सबै भन्दा बढी राष्ट्रहितको कुरा गर्नेहरू सबैभन्दा चर्को रूपमा विदेशी दलाल भएका छन् । दुनियाँलाई गरेर देखाएपछि प्रशंसा नपाउने कुरै छैन । तर दुनियाँलाई गरेर देखाउन त पहिले आफूमा गुण चाहिन्छ । गुण नै नभएको व्यक्ति जतिसुकै पद वा ओहदामा पुगे पनि हुनेवाला केही छैन ।

लाग्छ आजस्यालहरुले मासु लुछाचुडी गरीरहेछन् । यस्ता स्यालहरु स्वामीभक्त भएर देखा पर्छन । कतिपय स्यालहरु हेर्दा एकदम इमानदार सहनशील जस्तो पनि देखिन्छन । कतिपय स्यालहरु स्वामीभक्ति गर्न, स्वामीले अह्राएको काम गर्न, स्वामीको आदेशानुसार चटक देखाउन माहिर देखिन्छन ।

पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपालकै अस्तित्व गुम्ने खतरा थियो । त्यो बेला छिमेकी भारतमा अंग्रेजहरुले साना साना भुरे टाकुरे राज्यहरुलाई निल्दै विशाल साम्राज्य खडा गरेको स्थितिमा नेपाल बलियो र शक्तिशाली नभएको भए यसको अस्तित्व इतिहासबाटै लोप हुने खतरा थियो ।

पृथ्वीनारायणको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादी ब्याख्या भन्दा बाहिर जानु र इतिहासको विकासको क्रमलाई इन्कार गर्नु हो ।पृथ्वीनारायणका सन्तानहरूले गरेका गल्तीसँग जोडेर उहाँलाई अपमान गर्न मिल्दैन । विगत दशवर्ष देखि परिवर्तनको नाममा राज्यले राष्ट्र निर्माताको अपमान गरेको छ।

शाहलाई एकताका प्रतिकको रुपमा लिन नसक्नु राज्यको ठुलो भुल हो । अन्य देशका राजाहरू पहिले राजा हुन्छन् । पछि देश बनाउनेमा लाग्छन् तर हाम्रो देशका पृथ्वीनारायाण शाहले पहिले देश बनाउँनु भयो वल्ल पछि नेवारकी छोरीको खुट्टाको पानि खाएर मात्र राजा बन्नु भएको ईतिहास साँक्षी छ।

विश्वमान चित्रमा एक टुक्रा जमिनको नाम नेपालको छ वा हो भन्ने महान ईतिहास रच्ने राष्ट्रिय विभूतिका पनि विभूति पृथ्वीनारायण शाह हुन । उहाँलाई नसम्झने नेपालीको लागि गम्भिर दुर्भाग्य हो ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्