Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहीबार शेयर बजारमा सामान्य सुधार

काठमाडौँ : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १ दशमलव ४८ विन्दुले बढेर १ हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३९ विन्दुले बढेर २५० दशमलव ६५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १३ लाख ८७ हजार ५९२ कित्ता शेयर रु ३६ करोड ६३ लाख २४ हजार १६४ मूल्यमा खरीद बिक्री भएको छ ।

स्टकका अनुसार आज कारोवार भएका कूल ११ कम्पनीमध्ये ४ उपसमूहको शेयर घटेको छ । यस्तै सात उपसमूहको शेयर भने बढेको छ । होटल १ दशमलव ७८, विकास बैंक ६ दशमलव ६, जलविद्युत् २ दशमलव ३५ र उत्पादन ५ दशमलव ८२ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ १ दशमलव ५८, व्यापार दुई दशमलव ५३, वित्त दुई दशमलव ५२, निर्जीवन बीमा २२ दशमलव १७, अन्य एक दशमलव १९, लघुवित्त ५ दशमलव ७ र जीवन बीमा ५ दशमलव ९६ विन्दुले बढेको छ । स्टकका अनुसार सानिमा इक्विटी फण्ड, सर्पोट माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, तारागाउँ रिजेन्सी होटल, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

यस्तै सिनर्जी पावर डेभलमेन्ट, पूर्णिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरका शेयरधनीले भने आज गुमाएका छन् ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्