Logo
१२ बैशाख २०८१, बुधबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेश : सहकारी व्यवस्था र वर-पीपल, चौतारो संरक्षण व्यवस्थापनका दुई विधेयक प्रस्तुत

पोखरा : गण्डकी प्रदेशसभाको आजको बैठकमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत भएको छ ।

सभामा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले समितिको प्रतिवेदन प्रस्तुत गरे । सभापति रेग्मीले सहकारी विधेयक सम्बन्धमा जिल्ला सहकारी सङ्घका अध्यक्ष, सहकारी विज्ञ, अन्य सरोकारवाला समेतसँग अन्तरक्रिया गरिएको बताए ।

बैठकमा सभामुख नेत्रनाथ अधिकारीले वाग्लुङ २(ख) बाट प्रदेशसभामा राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीमगरको मङ्सिर २७ गते ४७ वर्षको उमेरमा असामयिक निधन भएका कारण उक्त क्षेत्रको प्रदेशसभा सदस्य पद रिक्त रहेको जानकारी दिए।

अर्को बैठक आगामी माघ ८ गते दिनको १ बजे बस्ने सभामुख अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्