Logo
७ बैशाख २०८१, शुक्रबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेदलाई साक्षी राखेर सपथग्रहण : अमेरिकी राज्य संसदमा पहिलो नेपालीको प्रवेश

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारीले बेदलाई साक्षी राखेर पदको सपथ लिएका छन् । आफूले सबै धर्मको सम्मान गर्ने र आफ्नो धर्मलाई माया गर्ने बताउँदै भण्डारीले हिन्दुहरुको धार्मिक ग्रन्थ बेदलाई साक्षी राखेर सपथ लिएको जनाएका छन् ।

अमेरिकामा यो स्तरमा चुनाव जित्ने भण्डारी पहिलो नेपाली मुलका व्यक्ति हुन् । मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा जनरल एसेम्वलीमा सपथ ग्रहण गरेपछि अब भण्डारी आगामी तीन महिनासम्म एनापोलिसमा नै बस्ने जनाइएको छ ।

यस अवसरमा भण्डारीलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्टसमा ८ नम्बर डिस्ट्रिक्टबाट नेपाली अमेरिकन ह्यारी भण्डारी विजयी भएका थिए ।

अमेरिकाको मेरिल्याण्ड राज्यको संसदमा सिनेट र हाउस अफ डेलिगेट्स गरी दुईवटा सदन रहेका छन् । हाउस अफ डेलिगेट्स मेरिल्याण्डको राज्यसंसदको तल्लो सदन हो । जसमा मेरिल्याण्डका ४७ डिस्ट्रिक्टबाट १४१ डेलिगेट्सहरुले प्रतिनिधित्व गर्छन् ।

नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाट पार्टीमा करिब दशक बढी देखी सक्रिय छन् । नेपालमा रहँदा २४ बर्षकी उमेरबाट शिक्षण पेशा सुरु गरेका भण्डारी अमेरिका आइसकेपछि पनि शिक्षण पेशामा नै आबद्ध रहेका थिए । खसोखासबाट

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्