Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौधरी र अधिकारीलाई औपचारिक रूपमा मन्त्री यादवद्वारा काम बाँडफाँड

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकार र सर्वोच्चले पुन काममा फर्काएका दुई सचिवको जिम्मेवारी औपचारिक रूपमा बाँडफाँड भएको छ । उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मंगलबार मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्यमा यसअघि सचिवको रूपमा सरुवा भएर आएका केदारबहादुर अधिकारी र सर्वोच्चको आदेशबाट मन्त्रालय फर्केकी डा. पुष्पा चौधरीलाई कामको बाँडफाँड गरिदिएका हुन् ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार स्वास्थ्य सचिवको रूपमा यसअघि डा. पुष्पा चौधरीले पाएको जिम्मेवारी नै दिइएको छ भने अधिकारीलाई जनसंख्या महाशाखा हेर्ने गरी जनसंख्या सचिवको रूपमा जिम्मेवारी दिइएको छ ।

त्यसबाहेक मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा, औषधि व्यवस्था विभाग र आयुर्वेद विभाग तथा छात्रवृत्ति हर्ने जिम्मा सचिव अधिकारीलाई दिइएको छ । भने स्वास्थ्य सचिवको जिम्मेवारी प्राप्त गरेकी डा चौधरीलाई मन्त्रालयको नीति योजना, अनुगमन, समन्वय महाशाखासहित स्वास्थ्य सेवा विभागको जिम्मेवारी प्राप्त गरेकी छन् । जसले गर्दा अबको मन्त्रालयको जिम्मेवारीको हिसाबले सचिव चौधरी बलियो बनेकी छिन् ।

प्राविधिक रूपमा स्वास्थ्यको सचिवको जिम्मेवारी डा चौधरीले पाउनुभएको छ, प्रवक्ता श्रेष्ठले भने,। अप्राविधिकको जिम्मेवारी अधिकारीलाई दिइएको छ जसले गर्दा अब मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी सचिव चौधरीको भागमा परेको छ ।

यादवकै सिफारिसमा तीन महिनाअघि मन्त्रिपरिषदले सचिव डा चौधरीलाई प्रधानमन्त्री कार्यलयमा तानेको थियो । त्यसबेला मन्त्री र उनका सहयोगीहरू सचिव चौधरीले काममा निकै असहयोग गरेको भन्दै आलोचना गर्ने गरेका थिए ।

चौधरीले सर्वोच्चबाट स्टे अर्डर ल्याए पनि उनलाई जिम्मेवारी नदिई प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिइएको थियो । तर मन्त्रालयमा केदारबहादुर अधिकारी स्वास्थ्य सचिवको रूपमा आइसकेपछि परिस्थिति फेरिएको छ । उनै मन्त्री र राज्यमन्त्रीले अहिले डा चौधरीलाई पुरानै जिम्मेवारीमा फर्काएका छन् ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्