Logo
१३ बैशाख २०८१, बिहीबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ महिनाको छुट्टीमा आँउदा धावक बोहोराले गरे यस्तो उदाहरणीय काम

मुगु : जिल्लाको छायानाथ रारा नगरपालिका-१३ थार्प गाउँ निवासी तथा हाल स्पेनमा बस्दै आएका सशस्त्र प्रहरीका पूर्वराष्ट्रिय धावक अक्कल बाहोराले एक महिनामै जनप्रतिनिधले गर्न नसकेका उदारणीय काम गरेका छन् ।

एक महिनाका लागि जन्मस्थल मुगु आएका बोहोराले आफ्नै गाउँ थार्पमा र छिमेकी गाउँ लापुमा ७ लाख सम्मको बाटो पिसिसि गरेर जनप्रतिनिधिले गर्न नसकेका उदाहरणीय काम गरेका हुन् । छायानाथ रारा नगरपालिकाको वडा नम्बर १३ थार्पमा ३०० मिटर तथा लापुगाउँमा ७० मिटर बाटो पिपिसी गरी समाजको उदाहरणीय काम गरेका स्थानीय बताउँछन् ।

यति मात्र हैन बोहोराले मुगु जिल्लाका गरिब दिन दुखीलाई, मिर्गौलापीडितदेखि दीर्घरोगी, आगलागीपीडित, विद्यार्थी, केही गर्न सक्ने प्रतिभा भएकालाई आर्थिक सहयोग गर्दै आएका छन् ।  २० घरधुरी रहेको लापु गाउँमा बोहोराले पिसिसिमा ३ लाख लागतमा ७० मिटर बाटो पिसिसि गरेका र थार्प विद्यालयदेखि थार्प मन्दिरसम्मको ३०० मिटर बाटोको ४ लाखको अनुमानित लागतमा पिसिसिको काम भइरहेको बताए ।

उनी भन्छन् हामीले आफैँ केही गर्न सक्षम अर्काको मुख ताक्ने बानीको विकास भइरहेकाले त्यसको अन्त्य गर्न र जनप्रतिनिधिलाई समाजमा विकास गर्न सिकाई होस भन्ने हिसाबले यो कार्यको थालनी गरेको हुँ । आजसम्म आफूले मुगुलगायत जिल्लाबाहिरका भूकम्पपीडित, बाढीपीडितहरुलाई पनि सहयोग गरेको धावक बोहोराले बताए । आजसम्म १८ लाखभन्दा बढी सामाजिक सहयोगमा आफूले स्वैच्छिक रूपमा सहयोग गरेको उनले बताए ।

विद्यालयलाई कमप्युटर सहयोग पूर्व राष्टिय धावक बोहोराले छायानाथ रारा नगरपालिका-१३ स्थित श्री मष्टा आधरभूत विद्यालयलार्ई जीवनोपयोगी शिक्षाका लागि भन्दै पाँचवटा कम्प्युटर र एक प्रिन्टलगायत खेलकुदका सामग्री सहयोग गरेका छन् ।

आजको युग कम्प्युटरको युग भएकाले सानै उमेरदेखि विद्यार्थीले कम्प्युटर सिकेर जीवन उपयोगी शिक्षाको उपभोग गर्न पाऊन् भन्ने उद्देश्यले आफ्नै व्‍यक्तिगत लागानीममा पाँचवटा डेस्कटप कम्प्युटर र एउटा प्रिन्टर सहयोग गरेको धावक बोहोराले बताए । यसैबीच गाउँमा भोज भतेरका लागि ८५ हजारको सामूहिक भाँडा वर्तनसमेत सहयोग गरेको बोहोराको भनाइ छ ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्