Logo
१५ चैत्र २०८०, बिहीबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ पञ्चाङ्ग अनि राशिफल

आजको पञ्चाङ्ग :

श्री सूर्योदक्षिणायने श्रीशाके १९४० नेपाल संम्वत् १११९ वि.सं. २०७५ पुस २६ गते विहीबार तद्अनसार सन् २०१९ जनवरी १० तारिख पौष शुक्लपक्ष चतुर्थी तिथि १४ः२१ पर पञ्चमी तिथि, शतभिषा नक्षत्र, व्यतिपात योग, बब करण आनन्दादिमा वज्र योग चन्द्रमा कुम्भ राशिमा । काठमाडौंमा सूर्योदय विहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२५ मा हुनेछ । भूलोकमा रहेको भद्रा सबै काममा बाधादायक मानिन्छ । भद्रा दिउँसो १४ः२१ बजेसम्म रहनेछ । शुभ समय अभिजित– ११ः५० देखि १२ः३२, राहु काल–१३ः३० देखि १४ः४९, दिशा शूल– दक्षिण ।

आजको राशिफल :

मेष राशि – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । प्रतिरोधात्मक क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । मान महत्व बढ्ला ।

बृष राशि – नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । पितृसुख बढ्नेछ । विद्या बुद्धि बढ्नेछ । कला साहित्य गीत संगीतमा आकर्षण बढ्ला । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । आफन्तको साथ पाइनेछ । साथीभाइबीच आमोदप्रमोदमा रम्नुहुनेछ । राजकीय कार्य बन्नुको साथै उच्चाधिकारीको सहयोग प्राप्त होला ।

मिथुन राशि – यात्रा हुने र महत्वपूर्ण काम बन्ने सम्भावना रहनेछ । अरुको भरमा बस्नु र कार्यमा लापर्वाही गर्नु उचित हुनेछैन । ठूलो रकमको लगानी र महत्वपूर्ण कागजपत्रमा हस्ताक्षर गर्नुहुनेछ । । धर्मकर्ममा प्रवृत्त रहनु उचित होला । ध्यान र ऊर्जालाई कारोबारमा केन्द्रित गर्नु बढी हितकर रहला ।

कर्कट राशि – लाटरी आदि लाग्नेछ । सुख शान्ति ऐश्वर्य बढ्नेछ । आरोग्यता बढ्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम पनि बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । घरपरिवारको स्थिति सुखद रहला । मान प्रसिद्धि बढ्नेछ । जोखिम आदिमा नपर्दा बेस रहला ।

सिंह राशि – आर्थिक र बौद्धिक प्रगति होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कार भेट्नेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ । मनमा सन्तुष्टि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । सुख–सुविधा बढ्नेछ ।

कन्या राशि – आरोग्यता बढ्ला । उन्नति पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्व यश धन–सम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला । रसरागमा वृद्धि हुनेछ ।

तुला राशि – खर्च वृद्धि हुनेछ । लगानी बढ्ला । खेलकूदमा रुचि बढ्नेछ । यात्रा हुनेछ । शैक्षिक, बौद्धिक, साहित्यिक, रचनात्मक आदि कार्यमा पनि सफलता मिल्नेछ । हासविलासमा रुचि बढ्ला । इष्टमित्र सन्तान आदिसित सम्बन्धित शुभता बढ्नेछ । आमोदप्रमोदमा आकर्षित हुनुहुनेछ ।

वृश्चिक राशि – आज सुख शान्ति बढ्नेछ । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आफन्त सुख मिल्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । समस्याको समाधान मिल्नेछ ।

धनु राशि – कार्य क्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति पदोन्नति हुनेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मील्नेछ । दायित्व पाउनुहुनेछ । मनोकूलको काम बन्नेछ । आँट उत्साह बढ्ला ।

मकर राशि – दूर देशसित सम्बन्धित काम बन्नेछ । यात्रा हुनेछ । भाग्योदय होला । शुभ समाचार मिल्नेछ । मान–महत्ता बढ्ला । सुख आनन्दमा वृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ ।

कुम्भ राशि – सोचिविचारी काम गर्नुहुनेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनुहुनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । लोभ लालच ईर्ष्या द्वेषमा नियन्त्रण आउनेछ । मिठो भोजन मिल्नेछ । कार्यव्यपारको क्षेत्रमा पनि सफल हुनुहुनेछ । । ऐंनकानूनको साथ मिल्नेछ ।

मीन राशि – सुख आरोग्यता बढ्नेछ । मान महत्वमा वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नेछ । यात्रापरक काममा पनि सफलता मिल्नेछ । भोगवलासमा रुचि बढ्ला । ख्याति फैलिनेछ । जीवन साथीको सहयोग मिल्नेछ । खर्च बढेको लाग्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्