Logo
१५ चैत्र २०८०, बिहीबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहरी बिकास मन्त्रीको उपस्थितिमा स्वास्थ्यमन्त्री यादवद्वारा इनरुवा बस पार्कको उद्घाटन

सुनसरी : प्रदेश नम्बर १ स्थित नव निर्मित इनरुवा बस पार्कको बुधबार औपचारिक उद्घाटन गरिएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मंत्री उपेन्द्र यादवले बस पार्क उद्घाटन गरेका छन् ।

शहरी बिकास मंत्री मोहम्मद इश्तियाक राई सहित इनरुवा नगरापालिका प्रमुख राजन मेहता लगायतको उपस्थितीकाबीच बस पार्क उद्घाटन गरिएको हो । सघन शहरी बिकास कार्यक्रम अन्तरगत निर्माण सम्पन्न इनरुवा बसपार्क ११ करोड लागतमा निर्माण भएको बताइएको छ । बसपार्क समयानुकुल र प्रविधीमैत्री बनाइएको दाबी निर्माण कम्पनीको दाबी छ ।

उपप्रधान मंत्री यादवले बसपार्क औपचारिक उद्घाटन गर्दै कार्यक्रमकका अध्यक्ष समेत रहेका इनरुवाका नगर प्रमुख राजन मेहतालाई चाबी हस्तान्तरण गरे ।नवनिर्मित बसपार्क अपाङगमैत्री रहेको छ ।

यात्रु प्रतिक्षालयका साथै आवास र होटल सहितको बन्दोवस्ती मिलाइएको इनरुवा बसपार्कमा सुरक्षाकालागि पर्याप्त मात्रामा सीसी क्यामेरा र सोलार बत्ति समेत जडान गरिएको छ ।

बसपार्क इनरुवाको पहिचानका रुपमा रहेकाले व्यवस्थित रुपमा संचालनमा ल्याउने नगर प्रमुख मेहताले प्रतिवद्धता जनाएका छन् । नयाँ वस्ती बसाउने र व्यवस्थित बस पार्क सञ्चालनमा ल्याउने बताएका नगर प्रमुख मेहताले नगरवासी सहित सबैको साथ र सहयोगको खाँचो औल्याए ।

बसपार्कसँगै कालिका कन्ट्रक्सनले १ अरब २ करोड २५ लाख ३४ हजार २ सय ४९ रुपैंया लागतमा निर्माण सम्पन्न गरेको सडक, नाला, विद्युत पोल, खानेपानी र टेलिफोन लाइन सार्ने एवं जडान गर्ने कार्य सम्पन्न गरेको प्रतिवेदन सहित संघीय आयोजना कार्यान्वयन इकाई बिराटनगरले पूर्वाधार इनरुवा नगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरेको छ ।

यसैबिच उद्घाटन पश्चात सम्बोधन गर्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मंत्री उपेन्द्र यादवले संविधान संशोधन बेगर गणतन्त्र संस्थागत हुन नसक्ने बताएका छन् ।

मुलुकमा विभिन्न व्यवस्थात्मक प्रणाली लागु भई असफल भएको यथार्थलाई नकार्न नसकिने बताउदै यादवले गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन अनिवार्य रहेको बताएका हुन् ।

सुनसरी सदरमुकाम इनरुवामा नवनिर्मित बसपार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री यादवले संघीय प्रणाली कार्यान्वयनमा चुनौति रहेकाले गणतन्त्रलाई संस्थागत गर्न प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन जरुरी रहेको बताए ।

आफु सरकारमा रहेपनि संविधान संशोधनको पार्टीगत मुद्दा यथावत रहेको बताउनु भएका यादवले संविधान संशोधन अनिवार्य रहेको दोहो¥याए ।

स्वयं संविधान निर्माणमा जुटेकाहरुनै संविधानको विषयमा अनभिज्ञ देखिएकाले पूर्णत  कार्यान्वयनकालागि ऐन नियमहरु परिमार्जन सहित संशोधन गरी समावेशी बनाउन आवश्यक रहेको यादवको भनाई थियो ।

कार्यक्रममा सांसद सीताराम मेहता सहित सरोकारवालाहरुको उपस्थिती रहेको थियो । यसैबिच शहरी बिकास मंत्री  राईले इनरुवा नगरपालिकामा सम्पन्न पूर्वाधार निर्माण कार्य मुलुककै नमूना र छिटो सम्पन्न भएको योजनामा परेको भन्दै नगरका अन्य भौतिक पूर्वाधार र संरचना निर्माणमा सहयोगको प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्