Logo
७ बैशाख २०८१, शुक्रबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शसक्त बन्दै नेपाल : ड्रग पार्टी गर्नेदेखि क्रिश्चियन धर्म प्रचार गर्नेसम्मका ८४ विदेशीलाई देश निकाला

काठमाडौँ : कानुन विपरीत गतिविधि गरेको आरोपमा ८४ विदेशी नागरिकलाई देश निकाला गरिएको छ । पछिल्लो ४ महिनाको अवधिमा उनीहरुलाई निश्चित अवधिसम्म नेपाल आउन नपाउने गरी निकाला गरिएको हो ।

बुधबार अध्यागमन विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ईश्वरराज पौडेलले उनीहरुलाई अनुसन्धानपछि निष्कासन गरिएको जानकारी दिए । ‘घुम्न आउने बहानामा कानुनले बर्जित गरेको गतिविधि गर्नेहरुलाई अनुसन्धानपछि कारबाही गरिएको हो’, उनले भने, ‘उनीहरुमाथि अध्यागमन ऐन अनुसार अनुसन्धान र कारबाही भएको थियो ।’

कारबाहीमा पर्नेहरुमा नेपाल आएर ड्रग पार्टी गर्नेदेखि क्रिश्चियन धर्म प्रचार गर्नेहरुसम्म छन् । कतिपय नेपालमा अवैध व्यपारमा समेत संलग्न भएको जनाइएको छ। विदेशी नागरिकले व्यवसाय गर्न व्यापार भिसा नै लिनुपर्ने कानुनी ब्यवस्था छ ।

देश निकाला गरिनेमा जापान, अस्ट्रेलिया, चीनलगायतका देशका नागरिक छन् । अध्यागमन विभागका अनुसार नेपाल आएका विदेशी नागरिकले झुठा विवरण, जाली राहदानी वा भिसा प्रयोग गर्न पाउँदैनन् ।

त्यस्तै, प्रचलित कानुन विपरीतका गतिविधि गरेको खण्डमा पनि अपराधको तहकिकात र कारबाही पूरा गरी सरकारको स्वीकृतिमा देश निकाला गर्न सक्छ ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्