Logo
६ बैशाख २०८१, बिहीबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला पन्तको हत्या विषयमा प्रधानमन्त्री गम्भीर रहेको मिस नेपाल श्रृखला खतिवडाद्वारा पुष्टी

काठमाडौं : बलात्कारपछि हत्या गरिएको कञ्चनपुरका १३ बर्षिय बालिका निर्मला पन्तको विषय प्रधानमन्त्री गम्भीर रहेको मिस  वर्ल्ड श्रृखला खतिवडाले बताएकी छन् ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी श्रृङ्खलाले भेटमा प्रधामन्त्रीले आफूलाई निर्मलाको मुद्दा छिट्टै किनारा लगाउने आश्वासन दिएको बताएकी हुन् ।

‘प्रधामन्त्रीले निर्मलाको मुद्दामा गहिरो चासो राख्नु भएको रहेछ’ इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गर्दै उनले अगाडि लेखेकी छन् ‘मुद्दाको किनारा लगाउन सक्दो प्रयास गरिरहेको जानकारी समेत दिनुभयो ।’

भेटमा आफूले प्रधानमन्त्री ओलीलाई पर्यटन वर्ष २०२० को सफलताका लागि केही योजना रअरु पनि महत्वपूर्ण विषयमा समेत छलफल भएको जनाएकी छन् ।

श्रृङ्खला चीनमा आयोजित मिस वर्ल्ड प्रतियोगीतामा आफूलाई उत्कृष्ट १२ भित्र पार्दै २ महत्वपूर्ण अवार्ड समेत नेपाल भित्र्याएकी थिइन् ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्