Logo
१३ बैशाख २०८१, बिहीबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तासिन दलकी सांसद सरिता गिरीको आरोप : ‘संसदलाई कब्जा गर्ने सरकारलको प्रयास’

काठमाडौं : सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालकी नेतृ एवम् सांसद सरिता गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार संसदमा सम्बोधनपश्चात् देखिएको दृश्यले नियामावली ‘ब्रेक-डाउन’ भएको टिप्पणी गरेकी छिन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भनिन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिपश्चात् प्रमुख प्रतिपक्षी दलले बोल्न पाउँ भनेर रोष्टम घेरिरहेको छ ।

त्यो हुँदाहुँदै पनि मर्यादापालकहरुलाई रोष्टममा घेर्न लगाईकन, कार्यसुचिमा अर्को एजेण्डा जुन थियो, त्यो चाहीँ पेश भएको छ । हो, त्यो पेश भएकोले अब चाहीँ संसदीय परम्पारअनुसार त्यो रिभर्स हुन्छ कि हुँदैन (मलाई थाहा छैन), तर म यसलाई सिम्प्ली ब्रेक डाउन भएको भन्छु ।’ आफूले यो नियामावलीको ब्रेक डाउनलाई दुर्घटनाको रुपमा भन्दापनि सुनियोजित रुपमा लिएको उनले सुनाईन् । उनले थपिन्, ‘यो सामान्य पाराले, नजानिँदो पाराले वा दुर्घटना भएको घटना होईन । यो सुनियोजित नै हो ।’

उनले उक्त घट्ना सुनियोजित कसरी हो भन्ने कुरामा यसरी व्याख्या गरिन्, ‘यो एउटा यस्तो पार्टीको तर्फबाट भैरहेको छ, जसको पोलिटिकल्ली थियोरी जनताको बहुदलीय जनवाद छ । जबजले के भन्छ भने जुन हाम्रो शक्ति पुग्छ, त्यो दिन हामीले फोर्सफुल्ली पनि शक्ति क्याप्चर गर्छौं भन्छ । आइतबारको घटना यदि राजनीतिक दृष्टिकोणले विश्लेषण गर्ने हो भने सरकारले संसदलाई कब्जा गर्ने प्रयास गरेको छ ।’

उनले कांग्रेस पनि उक्त दिन संसदको लागि भन्दापनि मात्रै प्रतिपक्षको लागि अगाडि आएकोजस्तो देखिएको टिप्पणी गरिन् । उनले भनिन्, ‘कांग्रेस त्यसरी अगाडि आउनु भनेको सांसदहरुको अधिकारको रक्षाको लागि होईन, प्रतिपक्षको लागि आएको देखियो । सबैको अधिकारको रक्षा हुनुपर्छ ।’ मुख्य कुरा सभामुखले नियम उल्लंघन गरेको र प्रमुख प्रतिपक्षी दलले पनि आफ्नो मात्रै कुरा गरेकोमा उनले गुनासो पोखिन् ।

गिरीले प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा ‘डिजिटल एक्शन प्लान’बारे सांसदले राखेको धारणामाथि टिप्पणी गर्दै असभ्य भनेकोमा आपत्ति जनाईन् । उनले प्रश्न गरिन्, ‘सांसदलाई असभ्य भन्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ? यसमा सभामुखले उहाँको बोलिमा नियन्त्रण गर्नुपर्दथ्यो । तर, सभामुखले गर्नुभएन् । सभामुख फेल हुनुभएको छ । सभामुखको पहिलो काम भनेको सदन र सांसदहरुको गरिमा रक्षा गर्नु हो ।’

उनले सांसदले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउनुपर्ने धारणा राखिन् । तर, सभामुखले मनमा के सोच राखिकन प्रश्न सोध्ने कुरामा नो भन्नुभयो भन्दै उनले प्रश्न गरिन् । उनले भनिन्, ‘मलाई के लाग्छ भने, अहिले म यो बारेमा धेरै बोल्दिन् । किनभने आउने दिनका घट्नाहरुले त्यो ईन्टेशन अगाडि आउँछ ।’ यद्धपी आफू राजनीतिक शास्त्रको विद्यार्थी भएको नाताले यो समस्याको समाधान नियामावलीअनुसार नभए आगामी आउने दिनहरुमा धेरै ठूलो चूनौतिमा जानसक्ने खतरापनि उनले औंल्याईन् ।

गिरीले यदि यहाँबाट पनि पछि गए अर्ली इलेक्शनतिर पनि जान सक्ने खतरा सुनाईन् । उनले भनिन्, ‘म यो पनि सम्भावना देखिरहेको छु । जहाँ ब्रेक डाउन हुन्छ, त्यहाँबाट निरंकुशता सुरु हुने सम्भावना बढेर जान्छ । आइतबार पनि संसदमा ब्रेक डाउन भएकै हो ।’ प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा राजपा र फोरम नेपाललाई पूर्ण रुपमा बेवास्ता गरेको पनि उनले गुनासो पोखिन् । बरु, प्रमुख प्रतिपक्षी दललाई मिलेर अघि बढ्न प्रधानमन्त्री ओलीले आग्रह गरेको उनले सुनाईन् । नियमावलीको ‘लेटर र स्पिरिट’भन्दा बाहिर गएर समस्याको समाधान खोजियो भने आउने दिनमा धेरै खतरा हुनेपनि उनले सुनाईन् ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्