Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अरुको नाममा लाइसेन्सको ट्रायल दिने प्रेम सुनार पक्राउ

वीरगञ्ज : मोटरसाइकलको लाइसेन्सका लागि अर्को व्यक्तिको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका ७ निर्मलबस्ती बस्ने प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले निर्मलबस्तीकै विवेक विश्वकर्माको सट्टामा मोटरसाइकलको लाइसेन्सका लागि ट्रायाल परीक्षा दिँदै गर्दा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको थियो । प्रहरीले आफ्नो सट्टामा अरुलाई ट्रायल परीक्षा दिन लगाउने विवेक विश्वकर्मालाई समेत पक्राउ गरेको छ ।

वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा वीरगञ्ज महानगरपलिका २३ स्थित भेहिकल एण्ड ड्राइभिङ सोलुसन प्रालिद्वारा सञ्चालित ट्रायल सेन्टरमा हुँदै आएको छ ।

र्गरकानुनी काम गर्ने दुवै जनालाई मुलुकी फौजदारी संहिता अन्र्तगत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्