Logo
१२ बैशाख २०८१, बुधबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीको सहमति विपरित चिकित्सा शिक्षा विधेयक समितिद्वारा पारित

काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । बुधबार विहान बसेको समितिको बैठकले विधेयक पारित गरेका हो । उक्त विधेयक अब ऐनको रुपमा पारित हुनका लागि संसद बैठकमा जाने छ ।

डा. गोविन्द केसीसँगको सहमति विपरित विधेयक पारित भएको छ । सत्तापक्षका सांसदहरूले बहुमतका आधारमा विधेयक पारित गरेका हुन् ।

नेपाली कांग्रेसको विरोधका बाबजुत समितिबाट विधेयक पास भएको छ । यसरी विधेयक पास गरेर डा. केसीसँगको सहमति तोडिएको कांग्रेस सांसद गगन थापाले बताए ।

‘यसरी पारित गर्ने भए केसीसँग सहमति गर्नु आवश्यकै थिएन,’ उनले भने । विधेयक संसदबाट पारित भएमा केसीसँग भएका सहमति विपरित हुनेछ । विभिन्न ठाउँमा मेडिकल कलेज खोल्न पाउने गरी विधेयक पारित गरिएको हो ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्