Logo
६ बैशाख २०८१, बिहीबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६० हजार रोजगारी गुम्यो : ‘स्टेक हाल्डर’ सँग छलफलै नगरी ‘कानून’ बनाउँदै सरकार !

काठमाडौं : श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार सम्वन्धि कानून बनाउँदा स्टेक होल्डरसँग कुनै छलफल नै नगरेको पाइएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टले निजी क्षेत्रका रुपमा रहेको वैदेशेशिक रोजगार व्यवसायीसँग छलफलै नगरी एकतर्फी रुपमा धरौटी बढाउने प्रस्ताव संसदमा लगेका हुन ।

मन्त्री गोकर्ण विष्टले स्टेक होल्डरले भट्न खोज्दा समेत कालो चिया खुवाएर बाहिरै बाट पठाउने गरेको व्यवसायीको भनाई छ । धरौटी रकम बढाउने सवालमा आर्थिक चलेखेल मन्त्रीबाटै भएको व्यवसायीको आरोप छ ।

मन्त्री विष्टकै कारण मलेसियाको रोजगारी रोकिएको र त्यसवापत १२ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स गुमेको  व्यवसायी बताउछन । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङका अनुसार मासिक आठ हजारदेखि १० हजार कामदार मलेसिया जाने गरेकोमा र औषत मासिक ३० हजार बचत हुनेगथ्यो ।

त्यसरी हेर्दा औषत मासिक सात महिनामा ६० हजार काममा जान नपाएको ६० हजारले मासिक ३० हजारको दरले बचत गर्दा सात महिनाका १२ अर्ब ६० करोड गुमेको वैदेशिक रोजगार व्यवसायी संघको भनाई छ ।

मन्त्री विष्टको पहलमा मलेसियामा पहिलोपटक दुई पक्षीय श्रम सम्झौता दुई महिनाअघि भएपनि हालसम्म रोजगारी खुलेको छैन । यसले समेत रोजगारीमा ठूलो असर परेको छ ।

यसअघिको सरकारले हतासमा फ्री भिसा फ्री टिकट लागू गर्दा वैदेशिक रोजगार कम्पनीहरु थप अप्ठ्यारोमा परेकोे व्यवसायीहरु बताउछन ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्