Logo
१३ बैशाख २०८१, बिहीबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ स्थित इलाममा आजदेखि १६ औं सत्याग्रह बस्दै डा. केसी

इलाम : स्वास्थ्य शिक्षा र सेवामा सूधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले भोलि आज (बुधबार) देखि फेरि इलाममा सत्याग्रह सुरु गर्दैछन् ।

सदरमुकाम इलाम बजारमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. केसीले संसदीय उपसमितिले १५ औं सत्याग्रहको उपलब्धिस्वरुप राज्यसँग भएको सहमति लत्याएकाले इलाममा १६ औं सत्याग्रह गर्ने चेतावनी दिएका हुन् ।

डा. केसीले लेखा समितिको उपसमितिको सिफारिशमा पुनरावलोकन गर्दै आफूहरुसँग भएका सहमति सरकारले अक्षरश पालना गर्नु पर्ने धारणा राखे ।

अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित नरही कुशासनका विभिन्न पक्षविरुद्ध हुने केसीले बताए । यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुस १७ देखि अनशन बस्न इलाम आएका थिए ।

तर, संसदीय उपसमितिले २ दिनको समय माग गरेपछि उनले ७ दिनको समय दिएका थिए । यो अवधिमा पनि माग पूरा नभएको भन्दै पुन: सत्याग्रहका लागि उनी आजै इलाम आएका हुन् । सत्याग्रहका लागि जुनसुकै स्थल हुन सक्ने उनले बताए ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्