Logo
८ बैशाख २०८१, शनिबार
(January 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मापसेका कारण युएई कारागारमा ११६ नेपाली जेल जीवन बिताउन बाध्य

काठमाडौँ : मादक पदार्थको सेवन ९मापसे०का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ ।

आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका ८ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो ।

मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झैझगडाका कारण ११६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ । त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा रहेका छन् ।

साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा १२, कार्यस्थलमा अवरोध, विरोध गर्ने अभियोगमा १० र परस्त्रीगमनमा संलग्न भएको अभियोगमा आठ नेपाली काराबासमा सजाय भुक्तान गरिरहेका छन् ।

फर्जी चेक, काजगपत्र, हस्ताक्षरलगायत अन्य कागजपत्र किर्ते काममा संलग्न सात, लागुऔषधको प्रयोग र तस्करीमा संलग्न पाँच र अन्य कानूनले वर्जित गरेका गतिविधिमा संलग्न भएको अभियोगमा २२ नेपाली कैदमा रहेका दूतावासले जनाएको छ ।

बाइस नेपाली गलत व्यवहार, अवैध बसोवास, भौतिक सम्पत्ति तोडफोडलगायतमा संलग्न भएका थिए । दूतावासका अनुसार १८८ पुरुष र १२ महिला कारागारमा रहेका छन् ।

सारजाह सेन्ट्रल कारागारमा ७ पुरुष र ३ महिला, दुवई सेन्ट्रल कारागारमा ६४ पुरुष र ४ महिला, अलअथ्वा सेन्ट्रल कारागारमा ९४ पुरुष र ४ महिला तथा अजमान सेन्ट्रल कारागारामा ४ पुरुष कैद सजाय भुक्तानका क्रममा रहेको दूतावासले जनाएको छ ।

रसअल खैइमा सेन्ट्रल कारागारमा ४ पुरुष, फुजेरा सेन्ट्रल जेलमा पुरुष र महिला गरी १/१ तथा अल अइन कारागारमा १४ पुरुष कैद भुक्तानका क्रममा रहेका छन् ।

 

प्रकाशित मिति: Jan 8, 2019

प्रतिक्रिया दिनुहोस्