Logo
१२ बैशाख २०८१, बुधबार
(January 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दश लाख बराबरको सुविधासम्पन्न खाद्य प्रयोगशाला सञ्चालनमा

हेटौँडा : हेटौँडा उपमहानगरपालिका कार्यालयले खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । बजार क्षेत्रमा अनुगमनको समयमा बरामद भएको खाद्यवस्तु खान योग्य छ वा छैन भनेर परीक्षण गर्न समस्या भएसँगै उपमहानगरपालिकाले आफ्नै कार्यालयमा प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

करिब दश लाख रुपैयाँमा खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको उपमहानगरपालिका कार्यालयले जनाएको छ । प्रयोगशालामा पानी, मासु, मिठाइ र तेलको परीक्षण परीक्षण गर्न सकिने खाद्य परीक्षक एलिना न्यौपानेले जानकारी दिइन् ।

यस्तै, प्रयोगशालामा व्यक्तिगत र संस्थागत सम्पूर्ण खाद्य वस्तु परीक्षण गर्न ल्याउन सकिने उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।व्यक्तिगत र संस्थागत आएको नमुना परीक्षण शुल्क मासु र मासुजन्य वस्तुको ९००, तोरीको तेल एक हजार १००, वनस्पति तेल प्रशोधित ५५०, क्रुड आइल घ्यु तेल उद्योगको लागि आउने कच्चा पदार्थ ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

खाद्य प्रयोगशालाका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये १० लाख रुपैयाँ खर्च भएको छ । बाँकी रकमबाट उपकरण र केमिकल थप गर्दै लैजाने योजना रहेको बताइएको छ ।

प्रकाशित मिति: Jan 8, 2019

प्रतिक्रिया दिनुहोस्