Logo
७ बैशाख २०८१, शुक्रबार
(January 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं : नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई रिक्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको जनाएको छ ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्खास्तगीपछि निमित्तको भरमा चलेको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो ।

जसका लागि १२ जनाले आवेदन दिएका थिए । १२ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदले पौडेललाई कार्यकारी निर्देशकको लागि छनोट गर्‍यो ।पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक हुन् । उनले उदयपुर सिमेन्टमा तीन वर्षे कार्यकाल पूरा गरेका थिए । आफ्नो कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेको श्रेय पौडेललाई जान्छ ।

उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।
निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति: Jan 8, 2019

प्रतिक्रिया दिनुहोस्