Logo
|| January 7, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो हुँदै, सफल उद्यमीहरुका डकुमेन्ट्री प्रदर्शन

बुटवल : वित्तीय जागरणमार्फत उद्यमशीलतको विकास गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो आयोजना गरिएको छ । मिडिया इन्टरनेसनल काठमाडौंको आयोजना, नेपाल राष्ट्र बैंकको प्रबर्द्धन तथा बीमा समिति र धितो बोर्डको सहयोगमा माघ ११ र १२ गते बैंकिङ एक्स्पो हुन लागेको हो ।

एक्स्पोमा बैंकहरुले आफ्ना प्रोडक्ट, ब्याज दर, सेवा लगायतका विषयमा वलोकनकर्ताहरुलाई प्रत्यक्ष जानकारी गराउने छन् । कालिकानगरस्थित कालिका मानव ज्ञान माविको प्रांगणमा हुने एक्स्पोमा विभिन्न वाणिज्य बैंक, विकास बैंक, लघु वित्त, वित्तीय संस्था, फाइनान्स कम्पनी, बीमा कम्पनी र शेयर कारोवार गर्ने संस्थाहरुका ५० बढी स्टलहरु रहने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले जानकारी गराए ।

मेला अवधिमै बैंकिङ, पुँजी बजार र वीमा सम्बन्धी विज्ञहरुको सहभागितामा अन्तरक्रिया समेत सञ्चालन गरिने र कर्जा लिएर सफल उद्यमी बनेका व्यक्तिहरुका विषयमा तयार पारिएका डकुमेन्ट्री र नाटकहरु प्रदर्शन गरिने अध्यक्ष निर्दोषले जानकारी दिए ।

एक्स्पोबारे जानकारी दिन आयोजित अन्तरक्रियामा बोल्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक अशोककुमार पौडेलले अझै पनि कूल जनसंख्याको आधा भन्दा बढी जनता बैंकिङ पहुंचबाहिर रहेकाले वित्तीय साक्षरता बढाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: २३ पुष २०७५, सोमबार १६:२६

प्रतिक्रिया दिनुहोस्